बाक्लो तुवाँलो का कारण सिन्धुपाल्चोक लिसंखुपाखरमा पनि गम्भीर समस्या
समाचार सम्वाददाता : ईराज लामा, मुडे बजार ;
केही दिन अघि उपत्यकामा देखिएको बाक्लो तुवाँलो सिन्धुपाल्चोकमा पनि देखिएको छ । लिसंखुपाखरको मुडे बजार बाट आठसय मिटर मात्र टाढा रहेको निगाले बजार देखिन समेत गाह्रो भएको छ । वातावरण विभागको प्रदूषण नियमन तथा नियन्त्रण शाखाका प्रमुख शङ्करप्रसाद पौडेलका अनुसार यस पटक हिउँदमा वर्षा नहुनु र वायुमण्डलमा धुवाँ तथा धूलोको मात्रा बढी हुनुको कारण ले यस्तो भएको हो ।
यस्तो बाक्लो तुवाँलोको कारण दोलखाको शैलुङ तथा कालिन्चोक घुम्न आउने पर्यटक हरुलाई समेत नराम्रो प्रभाव पारेको छ । यस पटक शनिबार र होलिको विदा लगातार परेकाले काठमाडौ तथा देशका विभिन्न ठाउँ बाट मुडे, दोलखा, जिरी, शैलुङ, कालिन्चोक घुम्न आउने पर्यटकहरू टाढाको दृश्य हेर्न त परै जाओस् तुवाँलो ले गर्दा एउटा राम्रो फोटो समेत खिच्न नपाएको बताउँछन् ।
छातीरोग विशेषज्ञ डा. सुबोधसागर ढकालका अनुसार उपत्यकामा अहिले देखिएको प्रदूषणको मात्रा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका हिसाबले हेर्ने हो भने निकै खराब तहको रहेको छ र त्यसले गर्दा विशेषगरी छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने जोखिम हुनसक्ने उहाँ बताउनु हुन्छ । त्यसो त उपत्यकामा मात्रै होइन मुडे बजारका स्थानीय तथा जेष्ठ नागरिक डम्बर बहादुर श्रेष्ठ लाई पनि तुवाँलो का कारण गत शुक्रबार देखि आँखा दुख्ने र छाती दुख्ने समस्या आएको बताउनुहुन्छ । हुस्सु जस्तै देखिने बाक्लो कुहिरोका कारण बालबालिका र वृद्ध वृद्धा हरुलाई बढी मात्रामा रुघाखोकी र आँखा पोलेर आँखाबाट आँसु आउने समस्या देखिएको छ । केही व्यक्तिहरुले त कोरोना भन्दा खतरा रहेकी भन्न पनि पछि परेनन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस्तो स्थिति अझै केही रहने भएकाले सबै सचेत रहन समेत आग्रह गरेको छ ।



नेपाल सरकारले अब यी ९८ थरीका औषधि निशुल्क उपलब्ध गराउने (नाम सुची सहित)
इराज लामा रेडियो जुगल : सरकारले देशैभरका सरकारी स्वास्थ्य संस्थाबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न र उपचार तथा सेवामा एकरुपता ल्याउन
लिसंखुपाखर ५ को विभिन्न स्थानमा ३ दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने
इराज लामा रेडियो जुगल : लिसंखुपाखर ५ को विभिन्न स्थानमा ´रोक्पा मद्दत नेपाल` को सहयोगमा तीन दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । बर्णा
सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारामा बृहत् रक्तदान कार्यक्रम हुने
ईराज लामा(आईराज); सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारामा भोली साउन १५ गते वृहत् रक्तदान कार्यक्रम हुने भएको छ । गत असार ३० गते पुर्व सुचना तथा संचार




..jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस