सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारामा बृहत् रक्तदान कार्यक्रम हुने

कार्यक्रममा सहभागी रगत दाताहरुलाई सम्मानपत्र प्रदान गरिने

ईराज लामा(आईराज); सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारामा भोली साउन १५ गते वृहत् रक्तदान कार्यक्रम हुने भएको छ ।
गत असार ३० गते पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतको पहलमा जिल्ला अस्पताल सिन्धुपाल्चोकमा रगत भण्डारण गर्न मिल्ने ब्लड स्टोरेज रेफ्रीजिरेटर राखिदिएपछी जिल्लामा कुनैपनी बेला रगत अभाव भएर कुनैपनी जनताले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नाका खातिर नेपाल रेडक्रस सोसाइटीको समन्वयमा नेपाली कांग्रेस केन्द्रिय खेलकुद बिभाग र नेपाल लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम गर्न लागेको हो । उक्त कार्यक्रम नेपाली कांग्रेस खेलकुद बिभाग प्रमुख एवं पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न हुने भएको छ भने सम्पुर्ण नेता, कार्यकर्ता र इच्छुक दाताहरुलाई कार्यक्रममा सहभागी भैदिनको लागि समेत आयोजक समिति द्वारा आग्रह गरेका छन् । साथै उक्त कार्यक्रममा रक्तदान दिने व्यक्ति लाई सम्मानपत्र समेत वितरण गर्ने कुरा नेपाल लोकतान्त्रिक खेलकुद संघ का केन्द्रिय सदस्य श्याम शुभम् गिरी ले बताउनु भएको छ । 

प्रतिकृया दिनुहोस

नेपाल सरकारले  अब यी ९८ थरीका औषधि निशुल्क उपलब्ध गराउने  (नाम सुची सहित)

इराज लामा रेडियो जुगल : सरकारले देशैभरका सरकारी स्वास्थ्य संस्थाबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न र उपचार तथा सेवामा एकरुपता ल्याउन

लिसंखुपाखर ५ को विभिन्न स्थानमा ३ दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने

इराज लामा रेडियो जुगल : लिसंखुपाखर ५ को विभिन्न स्थानमा ´रोक्पा मद्दत नेपाल` को सहयोगमा तीन दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । बर्णा

स्वास्थ्य मन्त्रालय द्वारा सबै प्रदेशका स्वास्थ्य निकायहरुलाई आइसोलेसन व्यवस्थापनका लागि निर्देशन

छिमेकी मुलुक भारतमा कोरोना हुनेको संख्या बढ्दै गएको र भारतीय सीमा क्षेत्रमा कोरोना पोजिटिभ भएकाहरु सार्वजनिक बसमा नै यात्रा गरिरहेको पाइएको भन्दै