लिसंखुपाखर ५ को विभिन्न स्थानमा ३ दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने
इराज लामा रेडियो जुगल : लिसंखुपाखर ५ को विभिन्न स्थानमा ´रोक्पा मद्दत नेपाल` को सहयोगमा तीन दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
बर्णा युवा समाजको आयोजनामा भदौ १९ गतेदेखि २१ गतेसम्म हुने शिविर १९ गते जेठलको माझगाउँमा, २० गते विक्री केन्द्र भवन मुडे र २१ गते वडा कार्यालय भवन शिल्ढुङ्गामा संचालन हुने छ ।
शिविरमा सुगर, प्रेसरका बिरामी लगायत स्त्रीरोग, हाडजोर्नी दुखाई तथा अन्य विभिन्न रोगको चेकजाँच र निशुल्क औषधि उपलब्ध हुने भएको छ ।
लिसंखुपाखर क्षेत्रमा सुगर, प्रेसर, चिसोका कारण हुने जोर्नी दुखाई, महिलाहरुमा देखिने स्वास्थ्य समस्या लगायत रुघाखोकी दम को समस्या धेरै देखिएकाले उक्त समस्याहरुको स्वास्थ्य विशेषज्ञ र औषधि मगाईएको लिसंखुपाखर ५ हेल्थपोस्ट प्रमुख राजेश भुजेलले बताउनु भयो ।
गाउँघरका मानिसहरु विभिन्न रोगले ग्रसित भएर बसेको अवस्थामा पनि निम्न आयस्तर, अस्पताल टाढा भएको कारण र अन्य विभिन्न कारणले स्वास्थ्य चेकजाँच तथा उपचार गर्नमा हिच्किचाउने भएकाले सबैलाई सचेत गराउन स्वास्थ्य शिविर संचालन गर्न लागेको बर्णा युवा समाजका जङ्गे तमाङले बताउनुभएको छ ।
उक्त स्वास्थ्य शिविर संचालन बारे थप जानकारी लिन चाहेमा जेठलमा सन्तलाल श्रेष्ठ ९८४०-१६३०१६, मुडे र निगालेका लागि इराज लामा (आईराज) ९८५१०-०२३१७ र शिल्ढुङ्गा, १८ किलो बर्णा क्षेत्रको लागि जङ्गे तमाङ ९८६०-४७११०० मा सम्पर्क गरेर बुझ्नका लागि पनि अनुरोध गरिएको छ ।
नेपाल सरकारले अब यी ९८ थरीका औषधि निशुल्क उपलब्ध गराउने (नाम सुची सहित)
इराज लामा रेडियो जुगल : सरकारले देशैभरका सरकारी स्वास्थ्य संस्थाबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न र उपचार तथा सेवामा एकरुपता ल्याउन
सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारामा बृहत् रक्तदान कार्यक्रम हुने
ईराज लामा(आईराज); सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारामा भोली साउन १५ गते वृहत् रक्तदान कार्यक्रम हुने भएको छ । गत असार ३० गते पुर्व सुचना तथा संचार
स्वास्थ्य मन्त्रालय द्वारा सबै प्रदेशका स्वास्थ्य निकायहरुलाई आइसोलेसन व्यवस्थापनका लागि निर्देशन
छिमेकी मुलुक भारतमा कोरोना हुनेको संख्या बढ्दै गएको र भारतीय सीमा क्षेत्रमा कोरोना पोजिटिभ भएकाहरु सार्वजनिक बसमा नै यात्रा गरिरहेको पाइएको भन्दै




..jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस