बाँकेमा रासायनिक मल अभाव
बाँकेमा रासायनिक मलको अभाव भएको छ । धान खेतीलाई आवश्यक पर्ने बेला युरिया मलको अभाव भएको हो । जिल्लामा मल वितरण गर्ने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा मलको मौज्दात सकिएपछि यस क्षेत्रमा मलखाद अभाव देखिएको हो । यहाँ सरकारी अनुदानको मल बिक्री वितरण गर्ने जिम्मेवारी यी दुई कम्पनीले पाएका छन् । किसानको माग बढी हुने बेला दुवै निकायमा रासायनिक मलको मौज्दात रित्तिएपछि कृषक समस्यामा परेका छन् । धान उत्पादन गर्न प्रयोग गरिने युरिया मलको अभाव भएपछि किसान उत्पादन घट्ने भन्दै चिन्तित छन् ।
विगतका वर्षजस्तै यस वर्ष पनि किसानले धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मल पाउन नसक्दा समस्या झेल्नुपरेको हो । आर्थिक वर्ष २०७६-७७ का लागि मल आयात गर्न ढिलाइ हुँदा अभाव सिर्जना भएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जका निमित्त प्रमुख रमेश पौडेलले बताए । “धानलाई आवश्यक पर्ने बेला केन्द्रबाट मल नआएपछि समस्या भएको छ,” उनले भने । यो सिजनका लागि अझै २५ सय मेट्रिक टन युरिया र २ सय मेट्रिक टन डिएपी आवश्यक परे पनि समयमै मल आयात नहुँदा समस्या भएको उनको भनाइ छ ।
पौडेलका अनुसार कम्पनीको क्षेत्रीय कार्यालयले आर्थिक वर्ष २०७५-७६ को असार मसान्तसम्म युरिया मल ४ हजार ६ सय टन, डिएपी १ हजार ९ सय ७२ र पोटास ४९ टन बिक्री गरेको छ । कम्पनीले युरिया ३ हजार टन, डिएपी १ हजार ६ सय र पोटास ७० टन बिक्री गर्ने बार्षिक लक्ष्य लिएको छ । गत आर्थिक वर्ष २०७४-७५ मा युरिया ४ हजार ३ सय ८१ टन, डिएपी १ हजार ६ सय ५१ र पोटास ७४ टन बिक्री गरेको थियो । रोपेको २१ दिनपछि किसानले धानलाई युरिया मल दिनुपर्छ ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा करिव ९७ प्रतिशत कृषकले धान रोपिसकेका छन । रोपेको २१ दिनपछि किसानलाई युरिया मल आवश्यक पर्छ, यो बेला मल नपाउँदा कृषकलाई समस्या भएको केन्द्रका प्रमुख सागर ढकालले बताए । “१-२ दिनभित्र मल आउँछ भन्ने खवर पाएको छु,” उनले भने, “मल आएपछि कृषकलाई केही राहत हुनेछ ।”
कृषि सामग्री कम्पनीको केन्द्रीय कार्यालयले नयाँ आर्थिक वर्षका लागि मल खरिद गरिसके पनि भैरहवा नाका भएर भदौ पहिलो हप्तासम्म नेपालगन्ज आइपुग्ने कार्यालयले जनाएको छ ।
नेपालगन्जस्थित साल्ट ट्रेडिङको गोदाममा पनि अहिले युरिया मलको मौज्दात छैन । कम्पनीको नेपालगन्ज कार्यालयले केहीदिन भित्रै मल आउने जनाएको छ । कार्यालयका अनुसार अनुदानको डिएपी मल १ सय ५० टन र पोटास १२ दशमलव ५ टन छ । आर्थिक वर्ष २०७५-७६ मा कम्पनीले युरिया १ हजार ७ सय टन, डिएपी १ हजार २० र पोटास ६ सय ३० टन बिक्री गरेको छ ।
यापर मञ्जली तामाङको 'चेन्ज माइ नेसन'
र्यापर मञ्जली तामाङको 'चेन्ज माइ नेसन' (Change My Nation) र्याप गीतले अहिले सर्वाधिक चर्चा बटुलिरहेको छ । यो गीत नेपाली हिपहपको इतिहासमा एउटा नयाँ र
स्वर्गीय गायक अरुण थापाको कारुणिक जिवनकथा
कुनै वनभोज स्थलमा मनमोज गरिरहेका मानिसहरूको झुन्ड होस् या कुनै कलेजका युवा युवतीको गितार–भोज होस् या जीवनको कुनै झोलुंगे पुल पार गर्दै गरेको वियोगी
हरित नगर इलाम
लौ हेर रमाएर आयो सुनौलो बिहानी सुनौ हामी सबै अब हरित नगर इलामको कहानी हरियाली नै हरियालीले भरिएको चियाबारी नै चियाबारीले ढाकिएको माईखोलाको माथी




..jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस