पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लब लगातार तेस्रो जितसहित सेमिफाइनलमा

पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लब लगातार तेस्रो जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कप्तान सार्थक धितालको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा पाँचपोखरी क्रिकेट क्लबले चौतारा साँगाचोकगढी नगरपालिकालाई ७६ रनले पराजित गरेको हो। जितसँगै पाँचपोखरी समूह ‘ए’ को विजेताका रूपमा अन्तिम चारमा पुगेको छ।

पहिले ब्याटिङ गरेको पाँचपोखरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। कप्तान सार्थक धितालले ६२ रनको अर्धशतकीय इनिङ्स खेले भने रोशन विकले ३० र प्रतिक श्रेष्ठले ३४ रनको योगदान दिए।

जवाफमा १६९ रनको लक्ष्य पछ्याएको चौतारा साँगाचोकगढी नगरपालिका २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रनमै सीमित भयो। कप्तान अशोक पौडेलले २५ तथा दीपेश बस्नेतले अविजित २२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। पाँचपोखरीका तर्फबाट सार्थक धितालले २ विकेट लिए।

ब्याटिङमा अर्धशतक र बलिङमा २ विकेट लिएर टोलीको जितमा निर्णायक भूमिका खेलेका सार्थक धिताल प्लेयर अफ द म्याच घोषित भए। लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच बनेका उनले नगद एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिताका प्रत्येक खेलको म्यान अफ द म्याच पुरस्कार पाँचपोखरी क्रिकेट क्लबका पूर्व अध्यक्ष तथा हाल अष्ट्रेलियामा रहनुभएका उत्सव धितालले प्रायोजन गर्नुभएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस

अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

 साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा

फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको छ । डलास स्टेडियममा गएराति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले