अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

 साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो ।

अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे । उनले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल गर्यो ।

खेलको निर्धारित ९० मिनेटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो ।सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनलयात्रा तय गरेको थियो । स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।

प्रतिकृया दिनुहोस

फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको छ । डलास स्टेडियममा गएराति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले

पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लब लगातार तेस्रो जितसहित सेमिफाइनलमा

पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लब लगातार तेस्रो जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार तल्लो