फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ ।

मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो ।

अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले ६ र फ्रान्सले ४ गोल गरेका छन्।

पहिलो हाफमा ४-० ले पछि परेको फ्रान्सले दोस्रो हाफमा ४ गोल गर्यो। उता इंग्ल्यान्डले दोस्रो हाफमा थप २ गोल गरेर जारी विश्वकपमा तेस्रो स्थान प्राप्त गरेको छ।

इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरेका छन्।  खेलको पहिलो हाफमा दुई गोल गरेका शाकाले खेलको ८७औँ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

जारी विश्वकपको आफ्नो अन्तिम खेलमा २ गोल गरेर फ्रान्सेली कप्तान एम्बाप्पे गोल्डेन बुटको दौडमा मेसीभन्दा अघि आएका छन्। उनले १० गोल गर्दा अर्जेन्टिनी कप्तान मेसीको अहिलेसम्म ८ गोल मात्रै छ। मेसीले अब स्पेनविरुद्ध फाइनल खेल खेल्न बाँकी छ।

सन् १९६६ मा विश्वकपको उपाधि जितेको इंग्ल्यान्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो । यसअघि सन् २०१८ मा इंग्ल्यान्ड चौथो भएको थियो ।

प्रतिकृया दिनुहोस

अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

 साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको छ । डलास स्टेडियममा गएराति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले

पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लब लगातार तेस्रो जितसहित सेमिफाइनलमा

पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लब लगातार तेस्रो जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार तल्लो