त्रिपुरासुन्दरीको साउनेपानी पहिरो व्यवस्थापनका लागि भूगर्भविद्को टोलीद्वारा स्थलगत अध्ययन

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ स्थित साउनेपानीमा निरन्तर गइरहेको पहिरोको दिगो व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि भूगर्भविद्हरूको टोलीले स्थलगत निरीक्षण तथा विस्तृत अध्ययन गरेको छ। ​पहिरो नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन भएसँगै ठोस कार्ययोजना निर्माण गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालयका विशेषज्ञ भूगर्भविद्हरूको टोली साउनेपानी पुगेर अध्ययन अनुगमन गरेको हो। ​उक्त स्थलगत अध्ययन तथा अनुगमन टोलीमा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष  भक्तध्वज बोहरा, गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष शरमेश बोहरा, गाउँपालिकाका प्राविधिक तथा इन्जिनियरहरूका साथै स्थानीय बासिन्दाहरूको प्रत्यक्ष सहभागिता रहेको थियो।

 

 

 

निरीक्षणका क्रममा विज्ञ टोलीले साउनेपानी क्षेत्रको भू-बनोट, पहिरोको वर्तमान अवस्था, सम्भावित जोखिमका आयामहरू र यसले आसपासका बस्ती तथा पूर्वाधारमा पुर्याउन सक्ने क्षतिबारे मसिनो गरी अवलोकन गरेको छ। साथै, पहिरो रोकथामका लागि अपनाउनुपर्ने प्राविधिक उपायहरू र विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनका विषयमा जनप्रतिनिधि, प्राविधिक र स्थानीयवासीबीच फलदायी छलफल समेत भएको छ।

 

 

​स्थलगत अध्ययनबाट प्राप्त हुने प्राविधिक निष्कर्ष र विज्ञहरूको सुझावका आधारमा साउनेपानी पहिरो व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि एकीकृत कार्ययोजना बनाएर निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाइने गाउँपालिकाले जनाएको छ।

प्रतिकृया दिनुहोस

अविरल वर्षापछि अवरुद्ध २१ किलो–अत्तरपुर–लिसंखु सडक सञ्चालन

अविरल वर्षाका कारण अवरुद्ध भएको २१ किलो–अत्तरपुर–लिसंखु सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। हिजो परेको लगातारको वर्षाका कारण २१ किलो

विश्व आदिवासी दिवस: अधिकार, पहिचान र संस्कृतिको संरक्षणमा विश्वव्यापी ऐक्यबद्धता

विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

ठोकर्पामा सामुदायिक वन दिवस: अध्यक्ष तिमल्सिनाको प्रमुख आतिथ्यतामा वृक्षारोपण सम्पन्न

सामुदायिक वन अध्ययन केन्द्र ठोकर्पाको आयोजनामा सामुदायिक वन दिवस २०८३ को अवसर पारेर विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ​वातावरण संरक्षण र