श्रमदानद्वारा बुलबुले चियाबगान गाेटमेल तथा सरसफाइ
सुनिता लामा रेडियो जुगल,
सिन्धुपाल्चोक जिल्लाकाे लिसंखुपाखर गाउँपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरुकाे स्वईच्छिक सहभागितामा श्रमदानद्वारा बुलबुले चियाबगान गाेटमेल तथा सरसफाइ गरेको छ । स्वस्थ्य सुखी र समृद्ध लिसंखु पाखर: पर्यटन, जलस्रोत, शिक्षा र कृषिमा आधुनिकीकरण र आत्मनिर्भर" भन्ने मूल नारालाई आत्मसात गर्दै लिसंखु पाखर गाउँपालिका वडा नं. ४ मा अवस्थित बुलबुले चिया बगान गोडमेल तथा सरसफाइका लागि जनप्रतिनिधीहरु र पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु र शुभेच्छुकहरुको स्वईच्छिक सहभागितामा श्रमदानद्वारा बुलबुले चियाबगान सरसफाइ गरिएकाे छ । गाउँपालिकाले मिनी ईलामकाे अबधारणा अनुरुप वडा नं ४ अन्तरगत दुई ठाउँ आम्लाेङ माने र बुलबुले चियाबगान बिस्तार गरिएको छ । साे बिस्तारित चियाबगान गत कार्तिक १३ गतेका दिन स्वईच्छिक सहभागितामा श्रमदानद्वारा गाेटमेल तथा सरसफाइ गरेकाे थियो भने पुःन हिजो पाैष ८ गते पनि बुलबुले चियाबगान दाेस्राे पटक स्वच्छिक श्रमदानमा गाेटमेल तथा सरसफाई गरेकाे गाउँपालिकाले जनाएको छ । आगमी दिनमा पनि आबस्यकता अनुसार कार्यपालिकाले निर्णय गरि स्वईच्छिक श्रमदानमबाट साे चियाबगानहरु गाेटमेल तथा सरसफाइ गर्ने गाउँपालिका उपाध्यक्ष मिठुदेबी लामाले बताउनु भयाे ।
मेलम्ची नदी धमिलो हुनासाथ काठमाण्डौमा पानी पठाउन बन्द गर्ने आयोजनाको तयारी
मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा
सिन्धुपाल्चोकमा झाडावान्ताबाट एक बालकको मृत्यु, १३ जनाको उपचार हुँदै
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा झाडावान्ताबाट एक बालकको मृत्यु भएको छ। गत असोज १६ गते साँझपख एकैपटक १९ जनालाई वान्ता हुने‚ ज्वरो
सिन्धुपाल्चोकका विद्यालय वैशाख मसान्तबाट मात्रै बन्द हुने
सिन्धुपाल्चोकमा वैशाख मसान्तबाट मात्रै विद्यालय बन्द गरिने भएको छ । आज सदरमुकाममा बसेकाे काेराेना संकट व्यवस्थापन समितिकाे बैठकले विद्यालयहरुकाे




..jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस