सिन्धुपाल्चोकमा झाडावान्ताबाट एक बालकको मृत्यु, १३ जनाको उपचार हुँदै

 सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा झाडावान्ताबाट एक बालकको मृत्यु भएको छ। गत असोज १६ गते साँझपख एकैपटक १९ जनालाई वान्ता हुने‚ ज्वरो आउने र पखाला लाग्नेजस्ता लक्षण देखिएका थिए। 

तीमध्ये झाडावान्ता र ज्वरोले गालेका पाँच वर्षीय एक बालककाे काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक विदुर जोतीले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपचारका लागि काठमाडौं ल्याइएका १४ जनामध्ये २ जनाको आइसियुमा उपचार भइरहेको  जनाएको छ। बाँकी ८ जनाको हाइकेयरमा उपचार भइरहेको छ भने ३ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए।

गाउँपालिकाका स्वास्थ्य संयोजक जोतीले फुड प्वाइजन भएको हुनसक्ने बताए। 

 

‘उनीहरूले खाना र भैँसीको मासु खाएकाे पाइयो। एकैठाउँमा खाएका जति सबै विरामी परेका छन्।’ जोतीले भने‚ ‘त्यहीँबाट मासु लगेर घरमा पकाएर खाएका अरूलाई केही भएको छैन।’ 

किन एकै गाउँका धेरैमा यस्तो खालको समस्या देखियो भनेर बिरामीहरूको रगत र पिसाबको नमुना परीक्षण गरिएको समेत मन्त्रालयले जनाएको छ। 

चावहिलस्थित एक निजी अस्पतालमा उपचाररत विरामीहरूलाई स्वास्थ्य मन्त्री मोहन बस्नेतले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ। 

प्रतिकृया दिनुहोस

श्रमदानद्वारा बुलबुले चियाबगान गाेटमेल तथा सरसफाइ

        सुनिता लामा रेडियो जुगल, सिन्धुपाल्चोक जिल्लाकाे लिसंखुपाखर गाउँपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरुकाे स्वईच्छिक सहभागितामा

मेलम्ची नदी धमिलो हुनासाथ काठमाण्डौमा पानी पठाउन बन्द गर्ने आयोजनाको तयारी

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा

सिन्धुपाल्चोकका विद्यालय वैशाख मसान्तबाट मात्रै बन्द हुने

सिन्धुपाल्चोकमा वैशाख मसान्तबाट मात्रै विद्यालय बन्द गरिने भएको छ । आज सदरमुकाममा बसेकाे काेराेना संकट व्यवस्थापन समितिकाे बैठकले विद्यालयहरुकाे