पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
काठमाण्डौको लैनचौरमा बनेको नेपाल स्काउटको जग्गामा बनेको संरचनामा काठमाण्डौ महानगरपालिकाले डोजर चलाएको छ । पूर्वमन्त्री दीपक खड्काको कम्पनीले त्यो संरचना भोगचलन गरिरहेको थियो ।
खड्का ल्याण्डले स्काउटको तीन रोपनी जग्गा भाडामा लिए पनि झन्डै १२ रोपनी जग्गा अतिक्रमण गरेर पार्टी प्यालेस र रेष्टुराँसहित कार्यालय सञ्चालन गर्दै आएको थियो । अदालतको आदेश र स्काउटले पटक–पटक सूचना दिँदा पनि सम्झौता बमोजिमको भाडा नतिरेपछि खड्का ल्याण्डका भौतिक संरचनामा आज विहान डोजर चलाइएको हो ।
स्काउट र खड्का ल्याण्डबीच भएको भाडासम्बन्धी सम्झौता २०७५ साल मै समाप्त भइसकेको भए पनि खड्काले अटेर गरी व्यवसाय गर्दै आउनुभएको थियो । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउटले जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न सात दिने अल्टिमेटसहितको सूचना निकालेको थियो ।
म्याद सकिएसँगै ती संरचना भत्काउन महानगर प्रहरी डोजर लिएर पुगेका हुन् । स्काउटले २०६५ सालमा भाडामा दिएको तीन रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ ।
जनजीवन सामान्य बन्दै, सेनाले कर्फ्यु र निषेधाज्ञाको निर्णय गर्न छोड्यो
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएसँगै राजनीतिक अन्योल हटेको छ । जनजीवन बिस्तारै सामान्य हुन थालेको छ । मङ्गलबारको
अन्तरिम सरकार प्रमुख बन्दै सुशीला कार्की, आजै शपथ
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने सहमति जुटेको छ । जेन-जी प्रदर्शनपछि उत्पन्न राजनीतिक सङ्कटको तत्कालीन हल
जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुग्यो
काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुगेको छ। ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले



..jpeg)
.jpeg)

प्रतिकृया दिनुहोस