अन्तरिम सरकार प्रमुख बन्दै सुशीला कार्की, आजै शपथ
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने सहमति जुटेको छ ।
जेन-जी प्रदर्शनपछि उत्पन्न राजनीतिक सङ्कटको तत्कालीन हल गर्नेगरी राष्ट्र्रपति कार्यालय शीतलनिवासमा सहमति जुटेसँगै कार्कीले आजै पद तथा गोपनीयताको सपथ लिँदैछिन् ।
झण्डै चार घण्टा लामो वार्तापछि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा सहमति जुटेको त्यहाँ सहभागी जेन-जी प्रतिनिधि आशिष तामाङले जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरमै प्रतिनिधि सभा विघटनको सूचना सार्वजनिक गर्दैछन् । उनको सचिवालयका अनुसार पौडेलले ८ बजेसम्ममा सूचना सार्वजनिक गरिसक्ने छन् ।
तामाङका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीबीच करिब चार-पाँच घण्टा लामो वार्ता भएको थियो । त्यसअघस दुई व्यक्तिहरूले प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि वार्ता गरेका थिए ।
वार्तापछि सबै कुराहरू मिलाएर कार्कीलाई अन्तरिम सरकारको नेतृत्व बनाउने विषयमा सहमति जुटेको हो ।
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
काठमाण्डौको लैनचौरमा बनेको नेपाल स्काउटको जग्गामा बनेको संरचनामा काठमाण्डौ महानगरपालिकाले डोजर चलाएको छ । पूर्वमन्त्री दीपक खड्काको कम्पनीले त्यो
जनजीवन सामान्य बन्दै, सेनाले कर्फ्यु र निषेधाज्ञाको निर्णय गर्न छोड्यो
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएसँगै राजनीतिक अन्योल हटेको छ । जनजीवन बिस्तारै सामान्य हुन थालेको छ । मङ्गलबारको
जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुग्यो
काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुगेको छ। ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले



..jpeg)
.jpeg)

प्रतिकृया दिनुहोस