जनजीवन सामान्य बन्दै, सेनाले कर्फ्यु र निषेधाज्ञाको निर्णय गर्न छोड्यो
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएसँगै राजनीतिक अन्योल हटेको छ । जनजीवन बिस्तारै सामान्य हुन थालेको छ । मङ्गलबारको हिंसात्मक प्रदर्शनपछि नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा लगाउँदै आएकोमा अब जिल्ला प्रशासन कार्यालयहरुले आवश्यकता अनुसार निर्णय गर्न थालेका छन् ।
काठमाण्डौसहित धेरै ठाउँमा आज कर्फ्यु र निषेधाज्ञा छैन । सैनिक जनसम्पर्क निर्देशनालयले काठमाण्डौ उपत्यकामा हिजो बेलुकी सात बजेदेखि आज बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरेको थियो । त्यसपछि निर्देशनालयले थप निर्णय गरेको छैन । अब स्थानीय प्रशासनले आवश्यकताको आधारमा निर्णय गर्न सक्ने नेपाली सेनाले जनाएको छ ।
ललितपुर र भक्तपुर प्रशासनले आज बिहान ११ बजेदेखि ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरे पनि काठमाण्डौले केही निर्णय गरेको छैन । अरु केही जिल्लाहरुले पनि कर्फ्यु र निषेधाज्ञालाई निरन्तरता दिएका छन् । केही जिल्लाहरुमा कर्फ्यु र निषेधाज्ञा कायमै रहे पनि जनजीवन सामान्य बन्दै गएको छ ।
अब कर्फ्यु र निषेधाज्ञा आवश्यक नभएकोले दैनिक कामधन्दा नियमित गर्नतर्फ प्रशासन लाग्नुपर्नेमा जनस्तरबाट माग भएको छ । हिजोदेखि लामोदूरीका गाडी पनि चल्न थालेका छन् । काठमाण्डौ उपत्यकामा पनि आजदेखि केही सार्वजनिक गाडी गुडेका छन् ।
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
काठमाण्डौको लैनचौरमा बनेको नेपाल स्काउटको जग्गामा बनेको संरचनामा काठमाण्डौ महानगरपालिकाले डोजर चलाएको छ । पूर्वमन्त्री दीपक खड्काको कम्पनीले त्यो
अन्तरिम सरकार प्रमुख बन्दै सुशीला कार्की, आजै शपथ
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने सहमति जुटेको छ । जेन-जी प्रदर्शनपछि उत्पन्न राजनीतिक सङ्कटको तत्कालीन हल
जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुग्यो
काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुगेको छ। ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले



..jpeg)
.jpeg)

प्रतिकृया दिनुहोस