धुलिखेल अस्पतालमा कोरोनाको कारण एकको मृत्युु
दोलखा जिल्ला विगु गाउँपालिकाका ६२ बर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । उहाँँ निमोनियाका कारण श्वासप्रश्वासमा कठिनाइ भएपछि उपचारका लागि धुलिखेल अस्पतालमा भर्ना हुनुभएको थियो ।
धुलिखेल अस्पताल आकस्मिक कक्षका प्रमुख सानुकृष्ण श्रेष्ठका अनुसार चैत ११ गते राती ९ बजे भर्ना हुनुभएको उहाँको चैत १२ गते दिउँसो निधन भएको थियो । उहाँको मृत्युपश्चात शंका लागेर परीक्षण गर्दा कोभिड पुष्टि भएको श्रेष्ठले जानकारी दिनुभयो । निधन पश्चात कोभिड पुष्टि भएपछि शवलाई नेपाली सेनाले सुरक्षाका साथ अन्त्येष्टि गरिएको छ । जिल्ला कमाण्ड पोष्टले थप सुरक्षाका लागि अस्पताल प्रशासनलाई अनुरोध गरेको छ भने अस्पतालले सेवा नरोकी सुरक्षा मापदण्ड अपनाएको जनाएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले कोरोना सङक्रमण बढ्न सक्ने भन्दै सचेतना बढाउन स्थानीय तहलाई अनुरोध गरेको बताउनुभयो । फागुपूर्णिमा (होली) लगायतका पर्वमा कोरोना सङक्रमण फैलन सक्ने भन्दै सरोकारवाला चिन्ता व्यक्त गरेका छन् ।
नेपाल सरकारले अब यी ९८ थरीका औषधि निशुल्क उपलब्ध गराउने (नाम सुची सहित)
इराज लामा रेडियो जुगल : सरकारले देशैभरका सरकारी स्वास्थ्य संस्थाबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न र उपचार तथा सेवामा एकरुपता ल्याउन
लिसंखुपाखर ५ को विभिन्न स्थानमा ३ दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने
इराज लामा रेडियो जुगल : लिसंखुपाखर ५ को विभिन्न स्थानमा ´रोक्पा मद्दत नेपाल` को सहयोगमा तीन दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । बर्णा
सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारामा बृहत् रक्तदान कार्यक्रम हुने
ईराज लामा(आईराज); सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारामा भोली साउन १५ गते वृहत् रक्तदान कार्यक्रम हुने भएको छ । गत असार ३० गते पुर्व सुचना तथा संचार



..jpeg)
.jpeg)

प्रतिकृया दिनुहोस