मलद्वारमा लुकाएर समेत सुन तस्करी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मलद्वारमा लुकाएर समेत सुन तस्करी हुने गरेको पाइएको छ । दुबईबाट काठमाडौं आएका भारतीय यात्रु अबु बकरत कुरतेको मलद्वारमा लुकाएर ल्याएको सुनसहित पक्राउ परेका हुन् ।विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार, फ्लाई दुबईको उडानमार्फत बुधबार बिहान १० बजे उनी काठमाडौं आएका थिए । उनको गतिविधि शंकास्पद लागेपछि जाँच गरिएको थियो । त्यसक्रममा उनलाई शौचालयमा लगेर शौच गर्न लगाइएको थियो ।

'शौच गराउँदा धातुको डल्ला एउटा भेटियो, त्यसको तौल प्लास्टिकसहित १०० ग्राम थियो,' सिलवालले भने । उनलाई थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

बागमती प्रदेश सरकारले ल्यायो २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोडको बजेट

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना

गत साउनमा मात्रै झन्डै दुई अर्बको बिजुली निर्यात

गएको साउनमा मात्रै नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ८३ करोड ८८ लाख रुपियाँको विद्युत् निर्यात गरेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड

हरियाली सामुदायिक वीउ कम्पनीको परिचय

हरियाली सामुदायिक वीउ कम्पनीको परिचय ः    हरियाली बीउ विजन कम्पनी अन्नवाली धान, मकै, गहु र तरकारीहरुको मुल, प्रमाणित र उन्नत बीउ उत्पादन