गत साउनमा मात्रै झन्डै दुई अर्बको बिजुली निर्यात

गएको साउनमा मात्रै नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ८३ करोड ८८ लाख रुपियाँको विद्युत् निर्यात गरेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा उक्त एक महिनाको अवधिमा २४ करोड २६ लाख ८३ हजार युनिट बिजुली बिक्री भएको प्राधिकरणले जनाएको छ । यो अवधिमा औसत दैनिक पाँच करोड ९३ लाख रुपियाँको बिजुली बिक्री भएको छ । 

प्रााधिकरणले देशभित्र खपत गरी बचत भएको विद्युत् गत जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)का डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । 

सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट विद्युत् मात्र बिक्री गरिएकोमा जेठ २७ गतेदेखि दैनिक ३६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । आईएक्समा २४ घण्टालाई १५–१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । 

गत आर्थिक वर्ष ७३५ मेगावाट विद्युत् प्रणालीमा थपिएपछि प्राधिकरणसँग वर्षायाममा बिजुली बचत हुन्छ । उत्पादनभन्दा स्वदेशी खपत कम भएपछि विद्युत् निर्यात गर्ने अवसर पाएको हो । 

“विद्युत् निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै देशको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ, दुई मुलुक बीचको व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ,” कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । 

प्रतिकृया दिनुहोस

मलद्वारमा लुकाएर समेत सुन तस्करी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मलद्वारमा लुकाएर समेत सुन तस्करी हुने गरेको पाइएको छ । दुबईबाट काठमाडौं आएका भारतीय यात्रु अबु बकरत

बागमती प्रदेश सरकारले ल्यायो २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोडको बजेट

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना

हरियाली सामुदायिक वीउ कम्पनीको परिचय

हरियाली सामुदायिक वीउ कम्पनीको परिचय ः    हरियाली बीउ विजन कम्पनी अन्नवाली धान, मकै, गहु र तरकारीहरुको मुल, प्रमाणित र उन्नत बीउ उत्पादन