हरियाली सामुदायिक वीउ कम्पनीको परिचय

हरियाली सामुदायिक वीउ कम्पनीको परिचय ः

   हरियाली बीउ विजन कम्पनी अन्नवाली धान, मकै, गहु र तरकारीहरुको मुल, प्रमाणित र उन्नत बीउ उत्पादन कार्यक्रम संचलन गर्र्ने इजाजत प्राप्त राष्ट्रिय संस्था हो । २०५४ सालमा अनौपाचिरक रुपमा वीउ उत्पादन गर्न शुरु भएको कार्यक्रमले २०६४ सालमा कम्पनीको हैसियत प्राप्त ग¥यो । यो कम्पनीले मुल बीउ प्रमाणित बीउ र उन्नत वीउ उत्पादन र विक्री वितरण गर्ने इजाजत प्राप्त गरि विभिन्न जातिय परिक्षण प्रर्दर्शन मुल्यांकन विश्लेशन र उपयुक्त जातका वीउहरु उत्पादन संकलन प्रशोधन भण्डारण र विक्री वितरण कार्यलाई निरन्तर दिदै आएको छ ।

यस कम्पनीले अन्तरराष्टिय संस्थाको पहाडीबाली अनुशन्धान परियोजना (ज्ःच्ए) संगको सहकार्यमा २०५९ देखि २०७३ साल सम्म १४ वर्ष सिन्धुपाल्चोक जिल्ला र दोलखा जिल्लामा समुदायमा आधारित वीउ उत्पादन कार्यक्रम संचालन ग¥यो । २०७१ देखि २०७४ साल सम्म अन्तरराष्ट्रिय हाईव्रिड अनुशन्धान परियोजनासंगको सहकार्यमा सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलान्चोक, मकान्पुर, धादिङ, ललितपुर, र चितवन गरि ७ जिल्लाहरुमा अनुशन्धान र प्रदर्शन कार्यकक्रक संचालन ग¥यो । यस्तै गरि २०७३ देखि हाल सम्म नेपाल सिड. एण्ड फर्टिलैजर परियोजना र मकै जोनसंग मिलेर सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लामा मकै धान र तरकारी वालीहरुको जातिय परिक्षण प्रदर्शन र बीउ उत्पादन सम्बन्धी कार्यक्रम संचालन गरिरहेको छ ।

बीउको महत्व  

कृषि उत्पादन वढाउन सवैभन्दा उपयुक्त माध्यम गुणस्तरको वीउ नै हो र जस्ले देशको कृषि क्षेत्रलाई सवल बनाउन र दीगो राख्न मद्धत पु¥याई रहेको छ, । कृषि क्षेत्रले अझै पनि नेपाली अर्थतन्त्रको सबैभन्दा ठुलो हिस्सा ओगटेको छ ,कृषि क्षेत्रको विकास भन्नाले कृषि उत्पादनको परिणात्मक तथा गुणात्मक वृद्धिलाई बुझाँउदछ । गुणस्तरिय वीउको प्रयोगले मात्र पनि डवल उत्पादन बढ्ने विभिन्न अनुसन्धानले देखाएको छ । धान खेतीमा संलग्न मध्य पहाडका हामी सवै किसानहरुले स्वदेशी धानको गुणस्तरीय वीउ प्रयोग गरौ र उत्पादन बढाऔ खाद्यन्न आयतमा बढेको छ ऋण बेलैमा नसोचे विग्रन्छ दिन ।

काकीले भन्दछिन

रामु तिमी त कृषिको विद्यार्थी हौ भन त बढी धान फलाउन के के गर्नु पर्छ, धान रोप्ने समय पनि आउनै लाग्यो वीउको पनि ठेगान छैन स्थानिय धान पनि राम्रो भएन हाईव्रिड धान खान पनि मिठो छैन र भण्डरणमा किरा बढी लाग्यो र जमीन पनि रुखो वनायो लौ न भन कुनचाही  धान लगाउन राम्रो होला ?

रामुले बताउँछनः

राम्रो उत्पादन लिन गुणस्तरिय बीउ र प्रविधिको ठुलो भुभिका हुन्छ । असल बीउले धेरै उत्पादन बढाउछ उत्पादन बढाउन त असल बीउको आवश्यक हुन्छ । हामीले विश्वास भएको वीउ विक्री संघ संस्था या वीउ उत्पादन र विक्री कम्पनीवाट मात्र खरिद गर्नाले गुणस्तरिय राम्रो वीउ प्राप्त गर्न सकिन्छ ।  

 

काकीले भन्दछिन ः

हाम्रो जमिन अनुसार हावापानी सुहाउदो बढी उत्पादन दिने र खानलाई पनि स्वादिलो धानका जातहरु पनि जान्न पाए हुन्थयो?

 

रामुले बताउँछनः

मध्य पहाडको लागि बढी उत्पादन दिन,े खानलाई स्वादिलो, चामालको मुल्य बढी आउने भण्डारणमा कीरा कम लाग्ने धेरै किसानले मन पराउने जातहरु मध्य  खुमल ४, खुमल १० र खुमल ८ जातहरु मध्यपहाडको लागि मुख्य हुन र यी जातहरु मध्यपहाडी हावापानीमा बढी रम्रो भईरहेका छन ।

 

काकी भन्दछिन ः

हामी किसानले असल गुणस्तरको वीउ खोजी गरेको हुन्छौ, बीउको स्तर र प्रकार किसान स्तरमा थाहा छैन एक पटक किनेको वीउ धेरै वर्ष सम्म उन्नत भनेर प्रयोग गरिन्छबीउको गुणस्तर कायम राख्न र चिन्न कसरी सकिन्छ जान्न पाए हुन्थयो ।

 

रामुले बताउछन ः

एकै जातमा पनि बीउको स्तर ४ प्रकारका हुन्छन यी हुन प्रथम पुस्ता प्रजनन बीउ, दोश्रो पुस्ता मुल बीउ, तेश्रो पुस्ता प्रमाणीत र चौथो स्तर उन्नत बीउ हो सबै भन्दा सुद्ध वीउ प्रथम पुस्ता प्रजनन र दोश्रो पुस्ता मुल बीउ हुदै क्रमस स्तर घटदै जान्छ । शुद्धताको आधारमा पुस्ता र गुणस्तर गनना हुन्छ । हामीले पाएसम्म शुद्ध बीउ लगाउनु पर्दछ ।

 

काकीले भन्दछिन ः

के कस्तो हावापानीमा यी धानका जातहरु लगाउन सकिन्छ?

 

रामुले वताउछन ः

समुद्र सतह देखि १७ मिटर उचाई सम्म धानको खेती गरिन्छ र धानको जातहरु हावापानी अनुसार फरक हुन्छनखुमल ४ धानको जातले १२०० मिटर देखि १५०० मिटर सम्म राम्रो उत्पादन दिन्छ । धानहरु मध्य धेरै गुणहरु भएका धान खुमल ४ हो धेरै वर्ष सम्म दिगो रहेको, खान स्वादिलो, बेच्दा बढी मुल्य अउने, चिसो हावापानीमा पनि राम्रो उत्पादन दिने सवै किसानलाई जानाकारी भएको जात हो ।

खुमल १० यो जात १२०० देखि १६०० उचाईको हावापानीमा पनि राम्रो उत्पादन दिने, रोग कीरा कम लाग्ने छिटो पाक्ने र परालपनि राम्रो हुने खानलाई पनि स्वादिलो, कम पानी भएपनि हुने, किसानको नजरमा मनपर्दो  जात हो ।

खुमल ८ यो जात १००० देखि १३५० सम्म उत्पादन राम्रो हुने र बोट होचो र नढल्ने, उत्पादन बढी दिने खानलाई मिठो बढी मलिलो ठाउको लागि धेरै उत्पादन दिने जात हो ।

 

काकीले भन्दछिन ः

हामीलाई खुमल ४ खुमल ८ खुमल १० जातका धानको बीउ चाहिएको छ यी धानको जातहरु कहाँ पाउन सकिन्छ तधानको जात अनुसार रोप्ने समय र पाक्ने समय पनि जान्नपाए हुन्थयो?

 

रामुले बताउछन ः

खुमल १० ढिलो पाक्ने जात हो यसलाई असारको दोस्रो हप्ता भित्र सम्म रोप्दा उत्पादन धेरै राम्रो हुन्छ । धानको वेर्ना लगभग २२ दिन नकटाई रोप्न पर्दछ । यस्तै गरि खुमल ४ धान मध्यम समय अवधिमा पाक्ने जात हो यसको वेर्ना पनि ३ हप्ता नकटाई रोप्दा राम्रो हुन्छ । यस्तै खुमल १० जातको धान अलिछिटो पाक्ने जात हो र यस्को बेर्ना   थोरै छिपिदा पनि केही फरक पर्ने छैन र मल र पानी कम भएपनि हुन्छ । यी उल्लेखित सवै धानका जातहरु मध्य पहाडको लागि उत्पादन राम्रो दिने र खानलाई पनि स्वादिलो मसिनो धान मानिन्छ ।

 

कृषि उत्पादन बढाउन बीउले ठुलो भुमिका खेल्ने हुँदा असल वीउको लागि हरियाली सामुदायिक वीउ विजन कम्पनीमा जाऔ उन्नत वीउ र प्रविधिको प्रयोग गरी उत्पादन बढाऔ आफनो परिवार र राष्टको खाद्य सुरक्षामा टेवा पु¥याऔ ।

सम्पर्कको लागि ः

डि. वी. भण्डारी

प्रवन्धक

हरियाली सामुदायिक वीउ विजन कम्पनी

सुनकोशी ६ थुम्पाखर ।

सम्पर्क नं ९७५१००१५९५

प्रतिकृया दिनुहोस

मलद्वारमा लुकाएर समेत सुन तस्करी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मलद्वारमा लुकाएर समेत सुन तस्करी हुने गरेको पाइएको छ । दुबईबाट काठमाडौं आएका भारतीय यात्रु अबु बकरत

बागमती प्रदेश सरकारले ल्यायो २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोडको बजेट

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना

गत साउनमा मात्रै झन्डै दुई अर्बको बिजुली निर्यात

गएको साउनमा मात्रै नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ८३ करोड ८८ लाख रुपियाँको विद्युत् निर्यात गरेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड