दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखेको छ ।सुरक्षाका दृष्टिकोणले विभिन्न स्थानीय तहमा रहेका ती मतदानस्थल अतिसंवेदनशील सूचीमा राखेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

 

 

 

एक सय मतदानस्थल संवेदनशीलको सूचीमा रहेका र बाँकी २५ मतदानस्थल सामान्य सूचीमा रहेको प्रजिअ भुसालले जानकारी दिए । रौतहट क्षेत्र नं १ मा ६७, क्षेत्र नं २ मा ७२, क्षेत्र नं ३ मा ७७ र क्षेत्र नं ४ मा ६१ मतदानस्थल रहेका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा पाँच सय ४१ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिए ।

 

 

 

विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा दुई सय ७६ मतदानस्थल कायम रहेकामा यस वर्ष एउटा स्थल थप गरिएको हो । गरुडा नगरपालिका–६ मा नयाँ मतदानस्थल थपिएको कार्यालय प्रमुख दासले जानकारी दिए ।यस वर्षको निर्वाचनमा रौतहटमा २१ हजार एक सय ५६ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख दासका अनुसार रौतहटमा अहिले चार लाख ३६ हजार ६११ मतदाता रहेका छन् ।

विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा चार लाख १५ हजार ४५५ मतदाता थिए । दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

नेमकिपाको परम्परागत गढमा कसले बाजी मार्ला

भक्तपुर जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेमकिपाको गढसमेत भनिने भक्तपुर १ मा यसपटक कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपासहितका दलहरू इतिहास

दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारको टुंगेयाउदै एमाले

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो । प्रचार तथा प्रकाशन विभागका