नेमकिपाको परम्परागत गढमा कसले बाजी मार्ला
भक्तपुर जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेमकिपाको गढसमेत भनिने भक्तपुर १ मा यसपटक कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपासहितका दलहरू इतिहास रच्ने दाउमा छन् । नेमकिपा भने ०४८ यताका सबै चुनाव जितेको आफ्नो गढ सुरक्षित गर्ने योजनामा छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले ०४८, ०५१, ०५६, ०६४ र ०७० गरी पाँचपटक चुनाव जिते । ०७४ र ०७९ महासचिव प्रेम सुवालले जितलाई निरन्तरता दिएका छन् । सुवाल प्रत्यक्षमा ह्याट्रिक गर्ने योजनासहित पुन: उम्मेदवार बनेका छन् । उनी ०७० मा समानुपातिकबाट संविधानसभा सदस्य बनेका थिए ।
चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरू आन्तरिक योजना र मतदाता भेटघाटतिर लागेका छन् । घोषणापत्र जारी हुन बाँकी रहेकाले राष्ट्रिय राजनीतिक एजेन्डा तथा स्थानीय विकास र समस्याबारे पार्टीको दृष्टिकोण लिएर जितको योजना बनाएर विभिन्न रणनीतिसहित चुनावी प्रचारमा अघि बढेका छन् ।
यसपटक एमालेले नेमकिपाका सुवाललाई चुनौती दिन ०७९ को निर्वाचनका प्रतिस्पर्धी सोम मिश्रलाई नै उम्मेदवार बनाएको छ । उनी चाँगुनारायण नगरपालिकाका संस्थापक मेयर पनि हुन् । कांग्रेसले किरण न्यौपानेलाई उम्मेदवार बनाएको छ । ०७९ को चुनावमा राप्रपाका भरतबहादुर खड्काले तेस्रो र कांग्रेससहितको समर्थनमा तत्कालीन माओवादीका उम्मेदवार सुनील गोठेले चौथो स्थानको मत पाएका थिए । यसपटक नेकपाले हरिराम लबजूलाई अघि सारेको छ भने राप्रपाबाट खड्का नै उम्मेदवार छन् । रास्वपाबाट रुकेश रञ्जित उम्मेदवार छन् ।

त्यस्तै, आम जनताका देवेन्द्र ठाकुर, उज्यालो नेपालका रमेश मल्ल, राष्ट्रिय जनमोर्चाका ईश्वरीप्रसाद पैयानी, जसपा नेपालका श्यामसुन्दर शिल्पकार, नेकपा (माओवादी)का चन्द्रमान कोजू, श्रम संस्कृतिका विष्णुहरि न्हिसुतू, नेकपा संयुक्तका दामोदर काफ्ले, प्रगतिशील लोकतान्त्रिकका रवि खाइजूसहित १६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नेमकिपाले यस क्षेत्रमा भएको विकासको जस लिनुका साथै केन्द्रमा खेलेको प्रतिपक्षीको भूमिका तथा निष्ठाको राजनीतिलाई नै प्रचार गरिरहेको छ । एमाले, कांग्रेसहित दलहरूले भने क्षेत्रलाई संकीर्णतामा कैद गरिँदा ठुला विकास परियोजना आउन नसकेको, जनताको पहुँच केन्द्र र प्रदेशमा हुन नसकेको जस्ता विषयलाई मुद्दा बनाएर प्रचार गरिरहेका छन् ।
भक्तपुरमा मतदाता एक लाख ७५४ मतदाता छन् । जसमध्ये महिला ५४ हजार ९८८ र पुरुष पुरुष ५२ हजार ६६ छन् । मतदानस्थल ३७ छन् भने मतदान केन्द्र ११९ कायम भएका छन् ।भक्तपुर बहुमुखी क्याम्पसका गोपालप्रसाद न्यौपानेले सहरमा नेमकिपाको वर्चस्व रहे पनि कांग्रेस र एमाले प्रतिस्पर्धी रहेको बताए । ‘भक्तपुर नगरभित्रको सहरी क्षेत्र नेमकिपाको परम्परागत गढका रूपमा चिनिन्छ ।
दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा
जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल
दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा
जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारको टुंगेयाउदै एमाले
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो । प्रचार तथा प्रकाशन विभागका



..jpeg)
.jpeg)

प्रतिकृया दिनुहोस