बागमती प्रदेश सरकारले ल्यायो २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोडको बजेट

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो ।

विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोड विनियोजन गरिएको छ । कुल विनियोजनमध्ये चालुतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २.३२ प्रतिशत रहेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ५८ करोड ५७ लाख, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ५६ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट रु. १४ अर्ब ८६ करोड ७४ लाख ५१ हजार व्यहोरिने अनुमान गरेको छ ।
इराज लामा (आईराज) रेडियो जुगल


 

प्रतिकृया दिनुहोस

मलद्वारमा लुकाएर समेत सुन तस्करी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मलद्वारमा लुकाएर समेत सुन तस्करी हुने गरेको पाइएको छ । दुबईबाट काठमाडौं आएका भारतीय यात्रु अबु बकरत

गत साउनमा मात्रै झन्डै दुई अर्बको बिजुली निर्यात

गएको साउनमा मात्रै नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ८३ करोड ८८ लाख रुपियाँको विद्युत् निर्यात गरेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड

हरियाली सामुदायिक वीउ कम्पनीको परिचय

हरियाली सामुदायिक वीउ कम्पनीको परिचय ः    हरियाली बीउ विजन कम्पनी अन्नवाली धान, मकै, गहु र तरकारीहरुको मुल, प्रमाणित र उन्नत बीउ उत्पादन