नेपाल सरकारले  अब यी ९८ थरीका औषधि निशुल्क उपलब्ध गराउने  (नाम सुची सहित)

इराज लामा रेडियो जुगल : सरकारले देशैभरका सरकारी स्वास्थ्य संस्थाबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न र उपचार तथा सेवामा एकरुपता ल्याउन आधारभुत स्वास्थ्य सेवाको उपचार प्रोटोकल ल्याएको छ।

आधारभुत स्वास्थ्य सेवामा आधारित स्तरीय उपचार पद्दति (स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल) अनुसार अब आधारभुत अस्पताल/प्राथमिक स्वास्थ्य केन्द्र, आधारभुत स्वास्थ्य केन्द्र/स्वास्थ्य चौकीबाट विभिन्न ९८ प्रकारका औषधिहरु निशुल्क पाइने छ। आधारभुत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा ९८ थरीका औषधिमध्ये केही औषधि भने पाइने छैन। तर आधारभुत अस्पताल/ प्राथमिक स्वास्थ्य केन्द्रमा भने सरकारले तोकेका सबै ९८ थरीका औषधि निःशुल्क पाइने छ।

संघीय संरचना अनुसार तीन तहको सरकार बनेसँगै स्वास्थ्य चौकीहरु आधारभुत स्वास्थ्य केन्द्र भएका छन् भने प्राथमिक स्वास्थ्य केन्द्र आधारभुत अस्पताल बनेका छन्।

संविधानमा उल्लेख भए अनुसार प्रत्येक नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सरकारले नयाँ प्रोटोकल बनाएको हो। उक्त प्रोटोकलमा जनस्वास्थ्य सेवा नियमावली २०७७ अनुसार आधारभुत स्वास्थ्य सेवा अन्तर्गत प्रदान गरिने ९ वटा सेवा क्षेत्रहरुको सूची तयार गरिएको छ भने निशुल्क उपलब्ध हुने औषधिको सूची समेत छ। यसका साथै प्रोटोकलमा आधारभुत अस्पताल र केन्द्रमा हुनुपर्ने सर्जिकल सामग्रीको सूची पनि छ।

उक्त सूची अनुसार स्वास्थ्य चौकी अर्थात आधारभुत स्वास्थ्य केन्द्रमा ९८ मध्ये ९१ प्रकारका औषधि पाइन्छ भने प्राथमिक स्वास्थ्य केन्द्र अर्थात आधारभुत अस्पतालमा ९८ प्रकारका नै औषधि पाइन्छ। 

सरकारले यो प्रोटोकल जारीहुनुभन्दा अघि पनि स्वास्थ्य संस्थाहरुमा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ। यसअघिको नियम अनुसार स्वास्थ्य चौकीबाट ३५, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क पाइँदै आएको थियो। अब नयाँ प्रोटोकल अनुसार ९८ प्रकारका औषधिहरु स्वास्थ्य संस्थामा चौबिसै घण्टा उपलब्ध हुनुपर्ने छ। नभएमा जनस्वास्थ्य सेवा ऐन र नियमावलीअनुसार स्वास्थ्य संस्थालाई कारबाही हुने व्यवस्था छ।

सरकारले औषधिको सूचीमा समय अनुसार रोग तथा समस्यालाई मध्यनजर गर्दै थप र परिमार्जन गरेको छ। यसअघि उपलब्ध हुँदै आएका ७० प्रकारका औषधिमध्ये आवश्यक नपरेका केही औषधि हटाइएको छ भने नसर्ने रोग, मानसिक रोग तथा अन्य स्वास्थ्य समस्याको उपचारमा प्रयोग हुने औषधि थप गरेको छ।

 

प्रतिकृया दिनुहोस

लिसंखुपाखर ५ को विभिन्न स्थानमा ३ दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने

इराज लामा रेडियो जुगल : लिसंखुपाखर ५ को विभिन्न स्थानमा ´रोक्पा मद्दत नेपाल` को सहयोगमा तीन दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । बर्णा

सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारामा बृहत् रक्तदान कार्यक्रम हुने

ईराज लामा(आईराज); सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारामा भोली साउन १५ गते वृहत् रक्तदान कार्यक्रम हुने भएको छ । गत असार ३० गते पुर्व सुचना तथा संचार

स्वास्थ्य मन्त्रालय द्वारा सबै प्रदेशका स्वास्थ्य निकायहरुलाई आइसोलेसन व्यवस्थापनका लागि निर्देशन

छिमेकी मुलुक भारतमा कोरोना हुनेको संख्या बढ्दै गएको र भारतीय सीमा क्षेत्रमा कोरोना पोजिटिभ भएकाहरु सार्वजनिक बसमा नै यात्रा गरिरहेको पाइएको भन्दै