मुडे बजारमा निर्माण भएको शिव मन्दिरमा विधिवत् रुपमा पुजा सम्पन्न
मन्दिर संचालन भएसँगै स्थानीय महिलाहरु खुशी
ईराज लामा(आईराज); लिसंखुपाखर गाउँपालिका ५ मुडे बजारमा हालसालै निर्माण सम्पन्न भएको शिव मन्दिर विधिवत् रुपमा हिजोबाट पुजाआजा संचालन हुने भएको छ ।
गएको २ बर्ष अघि जीवन ज्योति महिला तथा आमा समूह मुडे बजारले वडा कार्यालय लिसंखुपाखर-५ मा बजेट माग गरी निर्माण शुरु गरीएको शिव मन्दिर गत आर्थिक बर्ष २०७७/७८ मा बाँकी काम सम्पन्न हुनेगरी लिसंखुपाखर गाउँपालिकाको बजेट र जीवन ज्योति महिला समुहको आफ्नै निजि खर्चले सम्पन्न भएको शिव मन्दिर हिजो भदौ १९ गते पण्डित कपिल प्रसाद अधिकारीद्वारा रुद्रीहोम गरि शिव भगवानको पुजा आराधना गरेर विधिवत रूपमा मन्दिरमा पुजा संचालन हुने भएको हो ।
विगतका बर्षहरुमा मुडे बजारका महिलाहरु साउने सोमबार व्रत लगायत तिज मान्न समेत अन्यत्र मन्दिर धाउनुपर्ने र आफ्नो गाउँमा एउटा मन्दिर समेत नभै सबै महिला दिदिबहिनीहरुले दुखेसो व्यक्त गरेका कारण आफ्नै गाउँमा मन्दिर बनाउनु परेको कुरा जीवन ज्योति महिला तथा आमा समुहका अध्यक्ष सावित्री लामा बताउँछन् । अबको दिनमा आफ्नै गाउँको मन्दिरमा दर्शन गर्न तथा पुजाआजा गर्न पाउने भएको हुँदा सबै स्थानीय वासीहरु तथा स्थानीय महिलाहरु खुशी देखिएका छन् ।
मन्दिर बनाउने काम अझै सम्पन्न भैनसकेको र मन्दिरको भित्ता र तल्लो भागमा पहिरो जान सक्ने भएकोले मेशिनरी वाल लगाउने र चारैतिर फलामको घेराबार लगाउने काम भने बाँकी नै रहेकोले यसका लागि गाउँपालिका वा वडा मार्फत बजेट ल्याएर अथवा आफ्नै गाउँघरमा चन्दा संकलन गरेर भएपनि आउँदो बर्षमा सम्पन्न गरेरै छोड्ने जीवन ज्योति महिला तथा आमा समुह ले बताएका छन् ।
जीप दुर्घटनाका १० जनाको सामूहिक दाहासंस्कार,
मंगलबार बिहान गुल्मीको ईश्मा देखि देवाली पुजामा बाग्लुङ जाँदै गरेको जीप दुर्घटनामा १४ जनाको मृत्यु भएका मध्ये १० जनाको सामूहिक दाहासंस्कार गरिएको
हिउँ चितुवाको ‘सेटलाइट कलार’बाट आउन थाल्यो सूचना
काठमाडौं । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा दुई हिउँ चितुवामा सफलतापूर्वक जडान गरिएको सेटलाइट कलारबाट हिउँ चितुवाको अवस्थितसम्बन्धी
‘एक्रिलिक क्यानभास’मा किराती परिचय
काठमाडौं । ठूलो कोठाको एकपट्टिको सेतो भित्तामा सफ्ट तर विभिन्न रगंको प्रयोग गरी कोरिएका महिलाहरु र चराचुरुङ्गीहरुले भरिएका क्यानभासहरु छन् ।



..jpeg)
.jpeg)

प्रतिकृया दिनुहोस