भारतका विभिन्न १८ राज्यमा नयाँ प्रकारको डबल म्यूटेन्ट कोरोना भाइरस आतंक
भारतका विभिन्न १८ राज्यमा नयाँ प्रकारको डबल म्यूटेन्ट कोरोना भाइरस भेटिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार नयाँ संक्रमितको नमुनाका १५ देखि २० प्रतिशतमा नयाँ प्रकारको कोरोना भाइरस पाइएको हो । डबल म्यूटेन्ट भाइरस बढी संक्रामक रहेको भारतले जनाएको छ । तर अहिलेसम्मको तथ्यांकको आधारमा भारतमा बढिरहेको संक्रमण र नयाँ प्रकारको डबल म्यूटेन्ट भाइरसबीच सम्बन्ध स्थापित गर्न सकिने आधारहरुबारे स्पष्ट नभएको मन्त्राालयले जनाएको छ ।
यसैबीच भारतमा पछिल्लो समय संक्रमणदर तीव्र गतिमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४७ हजार २ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय ६७ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कुल संक्रमितको संख्या एक करोड १७ लाख पुगेको छ भने संक्रमणका कारण १ लाख ६० हजारको मृत्यु भएको छ ।
अमेरिकाको जर्जियामा फेरि मतगणना हुने : पाँचमध्ये चार राज्यमा बाइडेनको अग्रता
अमेरिकी राष्ट्रपति चुनाव अन्तर्गत जर्जियामा फेरि मतगणना हुने भएको छ । जर्जियाको सेक्रेटरी अफ स्टेट ब्रैड रेफेन बर्गरले जर्जियामा फेरिमतगणना हुने
भारतमा रेलको टिकट बुकिङ सुरु : पछिल्लो २४ घन्टामा कोरोनाबाट ४ हजारभन्दा धेरै संक्रमित
भारतले दुई महिनापछि आम यात्रुका लागि रेलको टिकट बुकिङ सुरु गरेको छ । भोलिदेखि दिल्लीबाट १५ मुख्य सहरमा यात्रुवहाक रेल सेवा सञ्चालन हुनेछ । त्यसका
पाकिस्तानी अदालतले पूर्वराष्ट्रपति मुशर्रफलाई सुनायो मृत्युदण्डको सजाय
पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ । लाहौर हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले




..jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस