भारतमा रेलको टिकट बुकिङ सुरु : पछिल्लो २४ घन्टामा कोरोनाबाट ४ हजारभन्दा धेरै संक्रमित
भारतले दुई महिनापछि आम यात्रुका लागि रेलको टिकट बुकिङ सुरु गरेको छ । भोलिदेखि दिल्लीबाट १५ मुख्य सहरमा यात्रुवहाक रेल सेवा सञ्चालन हुनेछ । त्यसका लागि आजदेखि टिकट बुकिङ सुरु भएको भारतीय रेल विभागले जनाएको छ । टिकट दिउँसो चार बजेदेखि बुकिङ गर्न सकिनेछ ।याँ दिल्लीबाट विशेष रेल सेवा डिब्रगढ, अगरतला, हावडा, पटना, बिलासपुर, राँची, भुवेश्वर, सिकन्दरावाद, बेङलुरु, चेन्नइ, तिरुवनन्तपुरम, मडगाउँ, मुम्बइ सेन्ट्रल, अहमदावाद र जम्मूतवीका लागि रेल चल्नेछ । कोरोनाको कहरकैबीचमा रेल चलाइएको भन्दै सरकारको यो कदमको आलोचना पनि भएको छ ।यसैबीच पछिल्लो २४ घन्टामा भारतमा ४ हजार भन्दा धेरै कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमितको संख्या ६७ हजार भन्दा धेरै पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ६७ हजार १ सय ५२ जना संक्रमित भएको जनाएको छ । त्यसमध्ये २ हजार २ सय ६ जनाको मृत्यु भएको छ ।
भारतका विभिन्न १८ राज्यमा नयाँ प्रकारको डबल म्यूटेन्ट कोरोना भाइरस आतंक
भारतका विभिन्न १८ राज्यमा नयाँ प्रकारको डबल म्यूटेन्ट कोरोना भाइरस भेटिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार नयाँ
अमेरिकाको जर्जियामा फेरि मतगणना हुने : पाँचमध्ये चार राज्यमा बाइडेनको अग्रता
अमेरिकी राष्ट्रपति चुनाव अन्तर्गत जर्जियामा फेरि मतगणना हुने भएको छ । जर्जियाको सेक्रेटरी अफ स्टेट ब्रैड रेफेन बर्गरले जर्जियामा फेरिमतगणना हुने
पाकिस्तानी अदालतले पूर्वराष्ट्रपति मुशर्रफलाई सुनायो मृत्युदण्डको सजाय
पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ । लाहौर हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले




..jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस