फोटो नेपालद्धार प्रकाशित पुस्तक ‘जनप्रतिनिधि बागमती प्रदेस’ सार्वजनिक
आईतबार बागमती प्रदेसका मुख्यमन्त्री डोरमणी पौडेलले पुस्तकको बिमोचन गर्नुभयो । एक हजार ६६८ पृष्ठको पुस्तकमा एक हजार ५५६ जना जनप्रतिनिधिको बिबरण समावेश रहेको फोटो नेपालले जनाएको छ । पुस्तक बिमोचन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सबै क्षेत्रलाई आवश्यक सूचना एकै पुस्तकवाट प्राप्त हुने बिवरणको पुस्तक समयको अवश्यकता भएको बताउनुभयो । निर्वाचित प्रतिनिधिको ऐतिहाँसिक दस्तावेज सवैकालागि महत्वपूर्ण सूचना स्रोत हुने बिश्वास ब्यक्त गर्नुभयो । आम नागरिकलाइ आवश्यक सूचना प्रदान गर्न सक्ने पुस्तक सवै स्थानिय तहको हरेक टेबलमा आवश्यक रहेको बताउनुभयो । कोरोना संक्रमण जोखिम कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै पुस्तक बिमोचन जुम बाट गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । एक वर्ष भन्दा बढी समयको प्रयत्नवाट बागमती प्रदेसका सवै जनप्रतिनिधिको बिवरण सहितको पुस्तक प्रकाशन गरिएको सामेत उहाँले जानकारी दिनुभयो । पुस्तकमा राष्टिय सभा, प्रतिनिधि सभा र प्रदेस सभाका सदस्यहरु, जिल्ला समन्वय समिति, स्थानिय तहका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष र वडा सदस्य समेतको आफ्नो पृष्ठभूमि र योजना सहितको ब्यक्तिगत बिवरण समावेस रहेको पुस्तक प्रकाशन परियोजना संयोजक बिदुर आचार्यले जानकारी दिनुभयो । पुस्तकमा समावेश गरिएका बिवरण मकवानपुरबाट शिवकुमार काशी, चितवनबाट शालिग्राम नेपाल, सिन्धुलीबाट कृष्जला पुलामी, रामेछापबाट नवराज श्रेष्ठ, दोलखाबाट नवीनकुमार खतिवडा, सिन्धुपाल्चोकबाट यज्ञ दंगाल, काभ्रेपलाञ्चोकबाट सन्तोष चौलागाई, काठमाण्डौबाट जयसिह महरा र जमुना धमला, ललितपुरबाट शिवहरी घिमिरे, धादिङबाट महेश्वर सुबेदी, रसुवाबाट अनु आचार्य र गीता न्यौपाने, नुवाकोटबाट रामहरी न्यौपालेले संकलन गर्नुभएको हो ।
श्रमदानद्वारा बुलबुले चियाबगान गाेटमेल तथा सरसफाइ
सुनिता लामा रेडियो जुगल, सिन्धुपाल्चोक जिल्लाकाे लिसंखुपाखर गाउँपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरुकाे स्वईच्छिक सहभागितामा
मेलम्ची नदी धमिलो हुनासाथ काठमाण्डौमा पानी पठाउन बन्द गर्ने आयोजनाको तयारी
मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा
सिन्धुपाल्चोकमा झाडावान्ताबाट एक बालकको मृत्यु, १३ जनाको उपचार हुँदै
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा झाडावान्ताबाट एक बालकको मृत्यु भएको छ। गत असोज १६ गते साँझपख एकैपटक १९ जनालाई वान्ता हुने‚ ज्वरो



..jpeg)
.jpeg)

प्रतिकृया दिनुहोस