सिन्धुपाल्चोकमा सलह समातेर ल्याउनेलाई किलोको ६० देखि १०० रुपैयाँ दिने

 सिन्धुपाल्चोकमा पनि सलह किराको बथान आइपुगेपछि त्यसलाई नियन्त्रणका लागि स्थानीय सरकारले कार्यक्रम अघि बढाएका छन् । मकैबारी लगायत अन्य अन्न बालीमा सलह किरा प्रवेश गरेपछि त्यसलाई न्युनिकरण र रोकथामाका लागि सिन्धुपाल्चोकका १२ स्थानीय सरकारले विभिन्न सचेतना र अन्य कार्यक्रमहरु अघि सारेका छन् ।

किसानहरुलाई सचेत हुन र आफ्नो खोतबारीमा सलको बथान पसेमा त्यसलाई नियन्त्रण र धपाउन समेत स्थानीय सरकारले कृषकहरुलाई आग्रह गरेका छन् ।

देशभरका गाउँपालिकाहरुको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेका जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले सलह सिन्धुपाल्चोकमा प्रवेश गरे लगतै सामाजिक सञ्जालबाट सबै किसानहरुलाई सेचत रहन आग्रह गरेका छन् । अध्यक्ष श्रेष्ठले सलह किरा समातेर ल्याउने किसानलाई प्रति किलो १ सय रुपैयाँ प्रदान गर्ने घोषणा समेत गरेका छन् ।

जुगल गाउँपालिकाको केही वडाहरुमा सलह किरा आएकाले सबै सचेत हुनका लागि अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् । ‘घरेलु माध्यमबाट सलहलाई नियन्त्रण गर्न र संकलन गरेर गाउँपालिकमा ल्याएमा हामी प्रति किलो एक सय रुपियाँ प्रदान गछौं’, अध्यक्ष श्रेष्ठले भने ।

त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले कोरोना भाइरसबाट आक्रन्त भैरहेको बेला सलहको डर भएकाले सचेत रहन गाउँपालिकाबासीमा आग्रह गरेका छन् । सलह समातेर ल्यानउे किसानहरुलाई पुरस्कारको व्यवस्था गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘हामी किसानहरुलाई पुरस्कार स्वरुप प्रति किलो ६० रुपियाँ प्रदान गछौं’, अध्यक्ष श्रेष्ठले भने ।

पैसा भन्दा पनि किसानहरुमा पाक्ने बेला भएको बालीमा आफै सचेत रहनका लागि यस्तो अभियान सुरु गरिएको र किसानहरुको आत्मबल बढाउनका लागि यस्तो घोषणा गरिएको स्थानीय सरकारका प्रमुखहरुले जानकारी दिएका छन् । सिन्धुपाल्चोकका अन्य स्थानीय सरकारले पनि सलह नियन्त्रणका लागि कृषि शाखासँग समन्वय गरेर कार्यक्रमहरु बनाइरहेको बताएका छन् ।

‘हामी कोरोनाकै समस्यामा छौं । अब गाउँपालिका भित्र कसरी सलह नियन्त्रण गर्ने भनेर छलफल पछि अन्य कार्यक्रमहरु ल्याछौं’, लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाालले भने । ठुलो बथान नै नआएपनि केही दिनदेखि फाटपुट्ट रुपमा सलहको बथान सिन्धुपाल्चोकमा भित्रिएको छ ।

प्रतिकृया दिनुहोस

श्रमदानद्वारा बुलबुले चियाबगान गाेटमेल तथा सरसफाइ

        सुनिता लामा रेडियो जुगल, सिन्धुपाल्चोक जिल्लाकाे लिसंखुपाखर गाउँपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरुकाे स्वईच्छिक सहभागितामा

मेलम्ची नदी धमिलो हुनासाथ काठमाण्डौमा पानी पठाउन बन्द गर्ने आयोजनाको तयारी

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा

सिन्धुपाल्चोकमा झाडावान्ताबाट एक बालकको मृत्यु, १३ जनाको उपचार हुँदै

 सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा झाडावान्ताबाट एक बालकको मृत्यु भएको छ। गत असोज १६ गते साँझपख एकैपटक १९ जनालाई वान्ता हुने‚ ज्वरो