अविरल वर्षापछि अवरुद्ध २१ किलो–अत्तरपुर–लिसंखु सडक सञ्चालन

अविरल वर्षाका कारण अवरुद्ध भएको २१ किलो–अत्तरपुर–लिसंखु सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। हिजो परेको लगातारको वर्षाका कारण २१ किलो नजिकै ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

सडक अवरुद्ध हुँदा सो सडकखण्ड भएर आवतजावत गर्ने सवारीसाधन तथा यात्रुहरू प्रभावित भएका थिए। सडक अवरुद्ध भएको जानकारी पाएपछि मुडे प्रहरी, लिसंखुपाखर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तिलकबहादुर श्रेष्ठ, वडा नम्बर ४ का वडा अध्यक्ष भक्तलाल शाक्य तथा स्थानीय युवाहरूको सक्रियतामा आज बिहान पहिरो पन्छाएर सडक सुचारु गरिएको हो।

स्थानीय जनप्रतिनिधि, प्रहरी र युवाहरूको संयुक्त प्रयासमा सडकबाट पहिरो तथा अवरोध हटाइएपछि अहिले सवारीसाधन सञ्चालनमा आएका छन्। वर्षायाममा लगातारको वर्षाका कारण जिल्लाका विभिन्न सडकखण्डमा पहिरो खस्ने तथा सडक अवरुद्ध हुने जोखिम बढेकाले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच, स्थानीय प्रहरीले वर्षादको समयमा जुनसुकै स्थानमा पनि पहिरो तथा सडक क्षतिको जोखिम रहने भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी रातको समयमा तथा लगातार वर्षा भइरहेका बेला जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्न र सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।

 

 

सडकमा पहिरो वा अन्य कुनै अवरोध देखिएमा सम्बन्धित निकाय तथा प्रहरीलाई तत्काल जानकारी गराउनसमेत स्थानीय प्रहरीको आग्रह छ। वर्षायाममा यात्रुको सुरक्षा र सहज आवतजावतका लागि स्थानीय तह, प्रहरी तथा समुदायबीच आवश्यक समन्वय र सहकार्य आवश्यक रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस

२६ दिनपछि डाक्लाङमा ट्र्याक खुल्यो, तातोपानी नाका अझै सञ्चालनमा आएन

सिन्धुपाल्चोक — नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका जोड्ने बाह्रबिसे–तातोपानी सडकअन्तर्गत डाक्लाङ खण्डमा २६ दिनपछि बिहीबार

विश्व आदिवासी दिवस: अधिकार, पहिचान र संस्कृतिको संरक्षणमा विश्वव्यापी ऐक्यबद्धता

विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

ठोकर्पामा सामुदायिक वन दिवस: अध्यक्ष तिमल्सिनाको प्रमुख आतिथ्यतामा वृक्षारोपण सम्पन्न

सामुदायिक वन अध्ययन केन्द्र ठोकर्पाको आयोजनामा सामुदायिक वन दिवस २०८३ को अवसर पारेर विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ​वातावरण संरक्षण र