‘सेल्फि किङ’ बन्ने तयारीमा विपिन कार्की
काठमाडौं । अभिनेता विपीन कार्की नयाँ चलचित्र ‘सेल्फि किङ’मार्फत दर्शकमाझ आउने भएका छन् । भर्साटाइल अभिनेताको छवी बनाएका कार्की यो चलचित्रमा पनि अरुमाभन्दा अलग भूमिका र लुक्समा देखिने भएका छन् । “हरेक चलचित्रमा नयाँ विनीलाई देख्नु मेरो परिचय नै भै हाल्यो । त्यसैले यो चलचित्रमा पनि दर्शकमाझ नयाँ रुपमा देखिँदैछु,” उनले भने ।
चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्दैछन् । सापकोटाको यो डेब्यू निर्देशन हुनेछ । यो चलचित्रलाई ‘प्रसाद’ का निर्देशक र निर्माता दिनेश राउत र सुवास थापाले संयुक्त रुपमा निर्माण गर्ने छन् । चलचित्र कमेडी जानरामा बन्ने छ । चलचित्रको कथा कमेडियन टीभी आर्टिस्ट (सेल्फि किङ) को जीवनमा घट्ने एक घटनामा आधारित रहने निर्माण पक्षले जनाएको छ ।
अहिले विपीन आफनो नयाँ भूमिकाको तयारीमा लागेका छन् भने निर्माण टिम पनि स्क्रिप्ट फाइनल कार्यमा लागिरहेको छ । चलचित्र यहि भदौको पहिलो साताबाट छायांकनमा जाने बताइएको छ । चलचित्रमा दुई अभिनेत्री हुनेछन् । तर अभिनेत्रीहरु भने अहिलेसम्म फाइनल भैनसकेको बताइएको छ ।
श्रमदानद्वारा बुलबुले चियाबगान गाेटमेल तथा सरसफाइ
सुनिता लामा रेडियो जुगल, सिन्धुपाल्चोक जिल्लाकाे लिसंखुपाखर गाउँपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरुकाे स्वईच्छिक सहभागितामा
मेलम्ची नदी धमिलो हुनासाथ काठमाण्डौमा पानी पठाउन बन्द गर्ने आयोजनाको तयारी
मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा
सिन्धुपाल्चोकमा झाडावान्ताबाट एक बालकको मृत्यु, १३ जनाको उपचार हुँदै
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा झाडावान्ताबाट एक बालकको मृत्यु भएको छ। गत असोज १६ गते साँझपख एकैपटक १९ जनालाई वान्ता हुने‚ ज्वरो




..jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस