फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारको टुंगेयाउदै एमाले
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको टुंग्याउन बैठक बोलाएको नेताहरूले बताएका छन् । एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।
जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिह्नबाहक उम्मेदवार अघि बढाउने भएको छ । यसअघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो प्रतिनिधिसभा निर्वाचनको मतदान २१ फागुनमा हुँदैछ ।
नेमकिपाको परम्परागत गढमा कसले बाजी मार्ला
भक्तपुर जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेमकिपाको गढसमेत भनिने भक्तपुर १ मा यसपटक कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपासहितका दलहरू इतिहास
दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा
जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल
दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा
जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल




..jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस