कांग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतलाई इकाई सभापतिको सुझाव
व्यवहारमा परिवर्तन गरी सुध्रिन अनुरोध
नेपाली कांग्रेसमा गत पौष २७ गते देखि चलिरहेको विशेष महाधिवेशन सँगै विभिन्न तह र तप्काका नेताहरुले महाधिवेशन बारे खुलेरै बोलिरहेका छन् । कसैले विशेष महाधिवेशनको समर्थन गरिरहेका छन् भने कसैले खुलेरै विरोध गरिरहेका छन् । कारणवश वा नियोजित रुपमा नेपाली कांग्रेसले महामन्त्री द्वय लाई कारवाही पनि भनेका छन् ।
सिन्धुपाल्चोकका कांग्रेस नेता एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले विशेष महाधिवेशन बारे विरोध शैलीमा बोलि रहँदा नेपाली कांग्रेस लिसंखुपाखर ५ सिन्धुपाल्चोकका इकाई सभापति इराज लामाले भने उहाँलाई सुझाव दिएका छन् ।
"आदरणीय मोहन बहादुर बस्नेत दाई जय नेपाल । सिन्धुपाल्चोक नेपाली कांग्रेसमा अहिले मोहन बहादुर बस्नेत प्यानल र गगन थापा प्यानल दुई धार देखिएका छन् । एउटा पक्ष मोहन बहादुर बस्नेत भनेर लागि परिरहेका छन् भने अर्का थरी गगन दाई हाई हाई गर्दै लागि परेका छन् ।
सिन्धुपाल्चोक कांग्रेसमा चुनावी कुरा गर्ने हो भने मोहन दाईले चुनाव लड्दा गगन प्यानलका ले भोट नहाल्ने, यदी केहि गरी गगन प्यानलकाले टिकट पाए मोहन बहादुर बस्नेत प्यानलले भोट नहाल्ने त्यस्तो अवस्था देखिसकेसकेका छन् ।
अहिलेकै अवस्थामा यसो हेर्दा सिन्धुपाल्चोकका ३० देखि ४० प्रतिशत कांग्रेसीहरु गगन प्यानल तिर लागिसकेको देखिएको छ । यस भित्रका पनि १५ प्रतिशत जति कांग्रेस कार्यकर्ताहरुले Mohan दाईले गगन थापाकै विरोध गरेका कारण र बेला बेलामा आफ्नै कार्यकर्ताहरु माथि विभिन्न आरोप लगाउँदै गाली गर्ने गरेका कारण तिघ्रेलाई हराउनु नै पर्छ भन्दै लागि परेका छन् । यो कुरा सुन्दा तपाईलाई हत्तपत्त विश्वास नलाग्न सक्छ तर तितो सत्य यहि हो ।
सांगठनिक हिसाबले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सबैभन्दा बलियो नेकपा एमाले नै हो । सिंगल सिंगल चुनाव लड्दा मुख्य प्रतिष्पर्धी नै नेकपा एमाले हो । यसमा दुई मत छैन । यो कुरा आदरणीय दाई मोहन बहादुर बस्नेतलाई नै थाहा छैन होला शायद । तपाईं लाई किन थाहा छैन भन्दा तपाईं लाई सुनाउने हरुले, बृफिङ गर्नेहरू ले मेरो वडा, मेरो पालिका धेरै ठिक छ अहिले, संगठन धेरै राम्रो छ, तपाई चुनाव लड्दा ८०% भोट झर्छ दाई भनेर सुनाउँछन् । अझ कुनै कुनै ग्वाँचले त १०० मा १०० झर्छ भनेर पनि गफ दिन्छन् । भोट भने २०% झर्न गाह्रो हुन्छ । दाईले यस्तै कुरा पत्याउनुहुन्छ फेरि । मख्ख पर्नुहुन्छ अनि आगामी चुनाव भारी मतले जितिन्छ भनेर ढुक्कले बस्नुहुन्छ ।
तर सिन्धुपाल्चोक १ धेरै खराब भैसकेको छ । अरु त अरु नै भैगए । तपाईको आफ्नै पनि धेरै जना पराई भैसके । यो कुरा गहन रुपमा अध्ययन गरेर मनन गर्नुहोला । कुनै कुनै कार्यकर्ता छुच्चो भएपनि उ कस्तो कार्यकर्ता हो त्यो बुझ्ने प्रयास गर्नुहोला । अरुको कुरा सुन्ने बानी नगर्नुहोला । तपाईका नजिक यस्ता कार्यकर्ताहरु धेरै छन् । जसले तपाईलाई मख्ख पार्ने र आफ्नो स्वार्थ पुरा गर्ने भन्दा अरु केही गर्दैनन् । बरु तपाईंको विरुद्धमा जो जो छन् उनिहरु किन टाढिए त्यो बुझ्ने प्रयास गर्नुहोला । सबै मान्छे नै हुन् । सबैको मन हुन्छ, सबैको भावना हुन्छ भन्ने बुझ्नुहोला । यसले तपाईलाई कार्यकर्तासँग नजिकिन ठुलो सहयोग गर्नेछ ।
नेकपा एमालेको कुरा गर्ने हो भने पार्टी भित्र जस्तोसुकै मनमुटाव भएपनि, ओलि प्यानल भएपनि, पोखरेल प्यानल भएपनि कार्यकर्ताहरु चुनावमा ज्यान दिएर पार्टी जिताउन लागि पर्छन् । किनकि पार्टी भित्रका नमिलेका पक्षहरुलाई मिलाईसकेका हुन्छन् । तर नेपाली कांग्रेस मा भने त्यस्तो छैन । साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भने जस्तै आफुलाई कहिलेकाहीँ चित्त नबुझेको मान्छे जहिले भेटेपनि झम्टिने अवस्था छ । चुनावमा कुनै वडाबाट भोट कम आयो भने सबैभन्दा पहिला इकाई सभापतिले गाली खाने अवस्था छ । तर चुनावमा भोट आउनलाई सबैभन्दा मुख्य कुरो उम्मेदवारको व्यवहार गतिलो हुनुपर्छ भन्ने कुरा तपाईं लगायत सबैले बुझ्न जरुरी छ ।
जनता सबै अलिअलि भएपनि पढ्न जान्ने भैसके, लेख्न जान्ने भैसके । अब त माथिका टाउकेहरुले के गरिराछन्, टिकट पाउने र चुनाब लड्नेले के गरिराछन् सबै हेर्छन् जनताले । अनि इकाई सभापतिले, पालिका सभापतिले भनेको मान्छन् र ?
अहिलेको जमानामा सन्तोष बस्नेतले, लाल काजी तामाङले, सन्दीप बस्नेतले, इराज लामाले फेसबुकमा वाहा वाही गरेर लेख्दैमा भोट आउने होइन । सबैभन्दा पहिला तपाईं आफ्ना कार्यकर्ताहरु सँग नजिक हुन र अलि नरम हुन सिक्नुस् । सिन्धुपाल्चोकमा बिकास बजेट ल्याउन सक्ने एकमात्र नेता भनेको तपाई नै हो यसमा दुई मत छैन । सिन्धुपाल्चोकको कांग्रेस कार्यकर्ताहरुको अभिभावक तपाई नै हो । तपाईं आफ्ना कार्यकर्ताहरुको शत्रु होइन अभिभावक बन्न सिक्नुस् । अर्काको खेदो खन्ने र अर्कालाई खेदो गरेर घोचपेच गर्न होइन आफ्नै पनि कमजोरी केहि थियो कि बुझ्ने प्रयास गर्नुस् ।
अनि अर्को कुरा महामन्त्री हरुले बोलाइएको विशेष महाधिवेशन महाधिवेशन मात्रै होइन । आफु, आफ्नै श्रीमती, भाई भतिजालाई मात्रै लाभको पद दिनुपर्ने सिस्टमको विरुद्धमा यो एउटा विद्रोह थियो । अब यसलाई सुधारेर अघि बढ्नुपर्छ भनेर बुझ्नुस् । देशका जनता, कार्यकर्ताहरुको मनसाय के हो त्यो बुझेर कसलाई गाली गर्दा हुन्छ, कुन बेला बोल्दा हुन्छ, कुन बेला मौन बस्दा हुन्छ त्यो विचारेर मात्रै बोल्ने गर्नुस् । आफु मिडियामा बोलेर हिरो बन्न खोज्नु भन्दा चुनाव जितेर जनताको सेवा गरेर हिरो बन्ने कोशिश गर्नुस् । ताकि युगौं युग सम्म तपाई नै भनेर आफ्ना कार्यकर्ता लागि रहुन् । जनताले तपाईकै मात्रै आवश्यकताको महशुस गरुन् ।
मेरो अनुभवमा जनताले बिकास सँगै राम्रो व्यवहारको आवश्यकता महशुस गर्दोरहेछ । बरु बिकास थोरै होस् जनतालाई माया गर्न नभुल्नुस् । तपाईं आफ्ना कार्यकर्तालाई छुच्चो बोली बोल्दै नबोल्नुस् । आफ्ना शिर्ष नेताहरुलाई सक्किन होइन सच्चिन सुझाव दिनुहोस् । यसैमा सबैको भलाई हुनेछ ।
सिन्धुपाल्चोकमा तपाईले हार्दा पनि बिकासको कुरामा सिन्धुपाल्चोक फेरि ५ बर्ष पछी पर्न सक्छन् । यो कुरा मैले अनुभव गरेको छु । त्यसैले तपाईंले जित्नै पर्छ दाई । तपाईंले जित्नका लागि आफ्नो बानीलाई सुधार्नै पर्छ ।
मेरो यहि सुझावलाई पनि सकारात्मक र नकारात्मक दुबै नजरले हेर्न सकिन्छ । सकारात्मक सुझाव हो भन्ने सोच्नु भो भने सकारात्मक नै हुन्छ । यो मुला धेरै जान्ने पल्ट्यो । मलाई सुझाव दिने यो को हो, मलाई राजनीति सिकाउने यो को हो भन्ने सोच्नु भो भने म दाईको नजरमा नराम्रो पनि देखिन्छु ।
म पनि राजनीतिमा अगाडी बढ्ने नै हो भने जुन बाटो बाट पनि अगाडी बढ्न सक्छु । न त पार्टीमा दाईको आशीर्वाद चाहिन्छ न त भाईको सहानुभूति चाहिन्छ ? राजनीतिमा सफल भएन भने आफ्नै व्यापार व्यवसाय गरेर आफ्नै पारामा विन्दास भएर हिड्छु । म सबैको लागि राम्रो सोच्ने मान्छे मेरो लागी पनि सबैले राम्रै सोच्नुहुन्छ होला भनेर सोच्ने गर्छु ।
वास्तवमै म जसले राम्रो काम गर्यो उसैको प्यानल । न त फलानो दाई सँग नजिक छु न त तिलाना दाई सँग टाढा छु । आफ्नो स्वार्थमा लाग्ने बाहेक जनताको भलाईको लागी लागि पर्ने सबै नेता मन पर्छ मलाई । सम्पुर्ण कांग्रेस नेता कार्यकर्ता एक हुनुपर्छ भन्ने मेरो भावना हो । जाबो म एउटा इकाई सभापतिले क्षेत्रिय स्तरको नेता, जिल्ला स्तरको नेता, प्रदेश स्तरको नेता, केन्द्रीय स्तरको नेतालाई सुधार्छु भनेर सुधार्न त पक्कै पनि सकिंदैन होला । तर पनि मेरो भावना र समग्र कार्यकर्ता सहित जनभावनालाई बुझेर आगामी दिनहरु कांग्रेसमय बनाउनु हुनेछ भन्ने अपेक्षा गरेको छु । यो लेख पढ्ने सम्पुर्णमा जय नेपाल ।
इराज लामा (आईराज रुम्बा)
इकाई सभापति नेपाली कांग्रेस लिसंखुपाखर-५ सि.पा ।"
इराज लामा (आईराज) राजनीति मात्रै नभएर सामाजिक काममा पनि निरन्तर लागिरहने व्यक्तित्व हुन् ।
नेमकिपाको परम्परागत गढमा कसले बाजी मार्ला
भक्तपुर जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेमकिपाको गढसमेत भनिने भक्तपुर १ मा यसपटक कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपासहितका दलहरू इतिहास
दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा
जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल
दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा
जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल




..jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस