युवालाई नेतृत्व दिने वातावरण बनाउँदै एमाले पुनर्गठन अभियान सञ्चालन गर्नु पर्ने टासी लामाकाे भनाइ

सिन्धुपाल्चोक । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पार्टी पुनर्गठनका लागि तत्काल पहल गर्नुपर्ने बताउनुभएको छ । उहाँले हाल मुलुक गम्भीर राजनीतिक संकटमा फसेको उल्लेख गर्दै राज्यलाई अनिर्णयको बन्दी बनाएर बसिरहन नसकिने स्पष्ट पार्नुभयो । “समय बलवान छ, जसले समयको माग बुझ्छ र चल्छ, त्यो नै सफल हुन्छ,” उहाँले भन्नुभयो, “यस्तो विषम परिस्थितिमा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं र हुन्न पनि ।” लामाले एमालेभित्र युवाको मागलाई सम्बोधन गर्दै पार्टी केन्द्रदेखि वडासम्म बैठक राखी नयाँ नेतृत्व दिने आवश्यकतामा जोड दिनुभयो । उहाँले समतामूलक र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्य घोषणापत्रमा मात्र सीमित भएको भन्दै त्यसलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो । सामाजिक संजाल फेसबुकमा लेख्दै लामाले “नेतृत्व सधैँ एकै जनामा जनवादी केन्द्रीयताको नाममा कैद गरिएको उल्लेख गर्नुभएको छ ।, जसका कारण युवामा असन्तोष बढ्दै गएको भन्दै यो सत्यलाई स्वीकार्दै घोषणापत्रलाई व्यवहारमा उतार्ने गरी योजनाबद्ध रूपमा पार्टीलाई पुनर्गठन गर्नुपर्ने उहाँको भनाइ थियो । लामाले प्रतिकूलता, चुनौती र अप्ठ्यारोलाई सामना गरेर नयाँ गतिमा पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिँदै गणतन्त्रको रक्षा र पार्टीको मजबुतीका लागि आवश्यक परे जीवन अर्पण गर्न समेत आफूहरू तयार रहेको बताउनुभयो । “हामीले लडेर ल्याएको गणतन्त्र एमाले जस्तो शक्तिशाली संरचना भएको पार्टीले टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै त्यसका लागि कमजोरी स्वीकारेर कार्यशैली बदल्न पर्नेमा जोड दिनुभयो । अन्यथा समाजमा अराजकता निम्तिने खतरा हुने लामाको भनाइ थियो । उहाँले पार्टी नेतृत्व पुनःसंरचना गरेर मात्र एमालेलाई सशक्त बनाउन सकिने विश्वास व्यक्त गर्दै विचलित नभई संयमित भएर एकताबद्ध हुने अपिल समेत गर्नुभयो । साथै एमालेलाई गुट उपगुट बनाउने,हरेक निर्वाचनमा गुटबन्दी गरेर जित्ने उम्मेदवार लाई हराउने,फरक बिचार राखेकै भरमा निर्वाचनमा भित्तामा पुर्याउने खालका प्रवृत्ति अन्त्य हुनुपर्ने लामाले उल्लेख गर्नुभयो । उहाँले आशीर्वादको भरमा हिड्ने तर भूगोलमा काम नगर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो । लामाले एमालेलाई आगामी निर्वाचनमा विजयी बनाउन जनताका सरोकारका एजेन्डा उठाउँदै व्यावहारिक काममा जोड दिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले संगठनलाई बलियो बनाउन तल्लो तहसम्म जिम्मेवारीसहितको कार्यशैली विकास गर्नुपर्ने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

नेमकिपाको परम्परागत गढमा कसले बाजी मार्ला

भक्तपुर जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेमकिपाको गढसमेत भनिने भक्तपुर १ मा यसपटक कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपासहितका दलहरू इतिहास

दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल

दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल