नेपाली कांग्रेस लिसंखुपाखरले गाउँपालिका प्रमुखलाई बुझायो २० बुँदे ध्यानाकर्षण पत्र
इराज लामा (आईराज) रेडियो जुगल : नेपाली कांग्रेस लिसंखुपाखरले लिसंखुपाखर गाउँपालिका प्रमुख राजु लामालाई नेपाली कांग्रेसको पृष्ठभुमि सहित बिस बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाली कांग्रेस लिसंखुपाखरका सभापति जेठा तमाङको नेतृत्वमा, सचिव, प्रवक्ता, इकाई सभापतिहरु, कांग्रेसबाट निर्वाचित वडाध्य्क्ष, वडासदस्य लगायत भातृ संस्थाका नेताहरुले गाउँपालिकाको कार्यालयमै गई विभिन्न गतिविधिहरु र कृयाकलापहरुमा भएका कमि कमजोरी हरुमा प्रश्न राख्दै समाधानको विकल्प सहित सुझाव दिईएको थियो ।
हाल लिसंखुपाखर गाउँपालिकाका वडाहरुले आर्थिक बर्ष २०८१/०८२ को लागि योजना तर्जुमा गर्दा स्थानिय सरकार ऐन २०७४ अनुसार टोल टोलमा गई स्थानीय उपभोक्ता सँग त्यहाँको समस्या, आवश्यकता पहिचान गरेर प्राथमिकताको आधारमा योजना तर्जुमा गर्नुपर्नेमा सो नभई आफ्नै पाराले योजना तयार गरेकोमा विशेष आपत्ति जनाएको छ ।
त्यसै गरी गाउँपालिकाले निर्माण शुरु गरी सम्पन्न हुन नसकेका सडक, पुल, विद्युत, खानेपानी लगायतका पूर्वाधारका कामहरु अविलम्ब सम्पन्न गर्नुपर्ने, योजना तर्जुमा तथा बजेट विनियोजन गर्दा कुनै पनि राजनितिक दलको प्रभावमा नभई जनताको आवश्यकता र अधिकतम हितलाई ध्यानमा राखी बजेट विनियोजन गरिनु पर्ने लगायत हाल लिसंखु पाखर गाउँ पालिका भित्र लामोसाँघु जिरी सडक अन्तरगत निर्माण भएका सडक क्षेत्राधिकार भन्दाबाहिरका पक्की घरहरु पहिचान गरि घर नक्सा बनाई पास गरी सम्पन्नताका प्रमाण पत्र दिने प्रकृया तुरुन्त अगाडी बढाउनु पर्ने कुरालाइ विशेष जोड दिईएको छ ।
पर्यापर्यटनलाई जोड दिनका लागि वडा नं. ५ मा निर्माण सम्पन्न भैसकेको मुडे हिल स्टेशन अन्तर्गत भ्यू टावरको सहि सदुपयोग गर्न आवश्यक निति तथा कार्यहरु बनाउनुपर्ने, स्थानिय कला, संस्कृति, जात्रा, मठ, मन्दिर, गुम्बा तथा बाजागाजाको समेत संरक्षण संवर्द्धन र प्रवर्द्धनका लागि विशेष ध्यान दिनुपर्ने जस्ता कुराहरू उल्लेख गरिएको छ ।
कृषि प्रवर्द्धन र कृषि बजारीकरणको लागि गाउँपालिकाले २-३ स्थानमा भेग समेट्ने गरेर कृषि चोक बजारको निर्माण गर्नुपर्ने जनाईएको छ ।
शिक्षामा गुणस्तर ल्याउनका लागि गाउँपालिका भित्र शिक्षकहरुको सरुवा समेतको कुरा उठाईएको छ भने गाउँपालिकाको कुनैपनि निकायमा कर्मचारी नियुक्ति गर्दा दलगत स्वार्थले नभई क्षमता र कार्यकुशलताको आधारमा नियुक्ति गर्न सुझाईएको छ ।
जेष्ठ नागरिक, महिला, दलित, अपाङ्ग, पिछडिएका वर्गहरुको लागि ऐनमा उल्लेख भए अनुसार व्यवहारिक रुपमा चुस्त दुरुस्त कार्यन्वयन गरिनुपर्ने लगायत विपन्न परिवारलाई स्वास्थ्य उपचारमा आर्थिक सहयोग कोष स्थापना गर्नुपर्ने समेतका कुराहरू लेखिएको छ ।
गाउँपालिका भित्र विभिन्न उद्योगहरुको बढावालाई जोड दिँदै करको दरमा होइन करको दायरालाई बढाउन समेत जोड दिईएको छ ।
सो बाहेक मुडे बजार लगायत पालिकाको विभिन्न स्थानमा डम्पिङ साइट समस्या र सिसी क्यामेरा जडान समेतलाई आवाज उठाईएको छ ।
ध्यानाकर्षण पत्र सम्बन्धि छलफल पछि गाउँपालिका प्रमुख र उपप्रमुखले जनप्रतिनिधिहरुले आफुले गरेका सबै काम राम्रो नै लाग्ने गरेको र बाहिर बस्नेहरुले मात्रै जनप्रतिनिधिले गरेका कामहरुको कमि कमजोरी देख्ने भएको हुँदा यसरी ध्यानाकर्षण गरेर आफुहरुलाई सुझाव दिईएकोमा नेपाली कांग्रेस लिसंखुपाखरलाई धन्यवाद दिएका थिए ।
हाल स्थानीय तहमा भएका सम्पुर्ण गतिविधि र कृयाकलापहरुको बारेमा यथार्थ जानकारी दिँदै आगामी दिनहरुमा गाउँपालिकाले गर्ने योजनामा ध्यानाकर्षणमा भएका बुँदाहरुलाई मनन गर्दै अघि बढ्ने समेत जानकारी दिएका थिए ।
डम्पिङको विषयमा लिसंखुपाखरमा दीर्घकालीन रुपमा रुपमा समस्याको समाधान हुने गरेर नै गाउँपालिका भित्रका कुहिने र नकुहिने फोहोरलाई व्यवस्थापन गर्न डिपिआरको तयारी समेत भैसकेको र मुडे बजारको हकमा भने तत्काल समस्याको निराकरण गर्नका लागि बजारबासीले भने बमोजिम काम गर्न गाउँपालिका पुर्ण रुपमा लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
नेमकिपाको परम्परागत गढमा कसले बाजी मार्ला
भक्तपुर जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेमकिपाको गढसमेत भनिने भक्तपुर १ मा यसपटक कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपासहितका दलहरू इतिहास
दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा
जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल
दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा
जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल



..jpeg)
.jpeg)

प्रतिकृया दिनुहोस