ठोकर्पामा सामुदायिक वन दिवस: अध्यक्ष तिमल्सिनाको प्रमुख आतिथ्यतामा वृक्षारोपण सम्पन्न

सामुदायिक वन अध्ययन केन्द्र ठोकर्पाको आयोजनामा सामुदायिक वन दिवस २०८३ को अवसर पारेर विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ​वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। ​कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष तिमल्सिनाले स्थानीय समुदायको सक्रियतामा मात्रै वन र वातावरणको दिगो संरक्षण सम्भव हुने बताउनुभयो। ठोकर्पा नेपालको सामुदायिक वनको ऐतिहासिक जननी स्थल समेत रहेकाले यहाँको वन संरक्षण र अध्ययन केन्द्रको विकासमा गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। ​कार्यक्रमका क्रममा स्थानीय उपभोक्ता, जनप्रतिनिधि, वातावरणविद् तथा सामाजिक अभियन्ताहरूको उपस्थितिमा अध्ययन केन्द्र परिसर तथा आसपासका खाली क्षेत्रहरूमा विभिन्न प्रजातिका फलफूल तथा काष्ठजन्य बिरुवाहरू रोपिएको छ। ​सामुदायिक वनको महत्त्वबारे जनचेतना फैलाउने र आगामी दिनमा पनि यस्ता संरक्षणमुखी कार्यक्रमलाई निरन्तरता दिने आयोजक संस्थाले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

२६ दिनपछि डाक्लाङमा ट्र्याक खुल्यो, तातोपानी नाका अझै सञ्चालनमा आएन

सिन्धुपाल्चोक — नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका जोड्ने बाह्रबिसे–तातोपानी सडकअन्तर्गत डाक्लाङ खण्डमा २६ दिनपछि बिहीबार

अविरल वर्षापछि अवरुद्ध २१ किलो–अत्तरपुर–लिसंखु सडक सञ्चालन

अविरल वर्षाका कारण अवरुद्ध भएको २१ किलो–अत्तरपुर–लिसंखु सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। हिजो परेको लगातारको वर्षाका कारण २१ किलो

विश्व आदिवासी दिवस: अधिकार, पहिचान र संस्कृतिको संरक्षणमा विश्वव्यापी ऐक्यबद्धता

विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज