सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा स्थानीय पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न
"सुन्दर सुनकोशी, समृद्ध सुनकोशी र सुखी सुनकोशी" भन्ने मूल नारालाई साकार पार्ने उद्देश्यका साथ सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा स्थानीय पाठ्यपुस्तक वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विस्तृत समाचार: सुनकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखा पाङ्ग्रेटारको आयोजनामा गाउँपालिकाको सभाहलमा एक विशेष समारोहका बिच पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न भएको हो। देशका सीमित स्थानीय तहहरूले मात्र आफ्नै स्थानीय पाठ्यक्रम अनुसारको पुस्तक तयार गरी पठनपाठन सञ्चालन गर्न सकेको अवस्थामा सुनकोशी गाउँपालिकाले पनि यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। स्थानीय मौलिकता, इतिहास, संस्कृति र पहिचानलाई समेटेर तयार पारिएको उक्त पाठ्यपुस्तक अब पालिकाभरिका सबै विद्यालयहरूमा हस्तान्तरण गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सेनाको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिमल्सेनाले स्थानीय पाठ्यपुस्तकको प्रयोगले विद्यार्थीहरूलाई आफ्नो माटो, संस्कृति र स्थानीय सम्भावनाबारे बुझ्न ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, कार्यक्रममा विशेष अतिथिको रूपमा गाउँपालिका उपाध्यक्ष कान्छी लामा तथा अतिथिको रूपमा गाउँपालिकाका प्रवक्ता ईश्वर तिमल्सेना लगायत विभिन्न वडाका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा पालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, ग्रामीण सञ्चारका मुख्य संवाददाता निशान परियार तथा गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरीले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा सबै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो। यो कदमले सुनकोशी गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
२६ दिनपछि डाक्लाङमा ट्र्याक खुल्यो, तातोपानी नाका अझै सञ्चालनमा आएन
सिन्धुपाल्चोक — नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका जोड्ने बाह्रबिसे–तातोपानी सडकअन्तर्गत डाक्लाङ खण्डमा २६ दिनपछि बिहीबार
अविरल वर्षापछि अवरुद्ध २१ किलो–अत्तरपुर–लिसंखु सडक सञ्चालन
अविरल वर्षाका कारण अवरुद्ध भएको २१ किलो–अत्तरपुर–लिसंखु सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। हिजो परेको लगातारको वर्षाका कारण २१ किलो
विश्व आदिवासी दिवस: अधिकार, पहिचान र संस्कृतिको संरक्षणमा विश्वव्यापी ऐक्यबद्धता
विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

..jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस